कोरियामा “दुखि आत्मा ” को पहिलो शो सुवनको मेगाबक्समा

फेब्रुअरी १४ तारिख रिलिज भएको चलचित्र “दुखि आत्मा” कोरियाको सुवनमा प्रदर्शन हुने भएको छ। अन्ना ग्रुप एन्ड नेपाल कोरिया कल्चरल एक्सचेन्ज कोरियाले फेब्रुअरी २३ आइतबारका दिन ए के प्लाजाको मेगाबक्समा प्रदर्शन गर्ने तय भएको हो। सुवन स्टेसनको गेट नं ४ बाट सिधै अगाडी रहेको हलमा दिउँसो २ बजेदेखि शो हुने भएको छ।
यूवा जमातलाई लक्षित गरि बनाइएको चलचित्रमा दयाहाङ राई अनुप विक्रम शाही, वुद्धि तामाङ, आँचल शर्माको मुख्य अभिनय हेर्न सकिनेछ। चलचित्रमा दिपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको छ भने हिमाल कडारियाले निर्माण गरेका हुन्। सुवन शो पछि कोरियाको विभिन्न शहरहरुमा प्रदर्शन तय भएको आयोजकले जनाएको छ।