फेब्रुअरी २३ तारिख किम्हे शहरमा “कार्साङ” प्रदर्शन हुने , सम्पूर्ण तैयारी पूरा

बहुप्रतिक्षित चलचित्र कार्साङ कोरियाको किम्हे शहरमा प्रदर्शन हुने भएको छ। फेब्रुअरी २३ आइतवारका दिन किम्हे स्थित 가야 대학교 को हलमा लाग्ने निश्चित भएको हो। गाया थेहाक्यो स्टेशन नजिकै रहेको हलमा दिउँसो १:०० बजेदेखि चलचित्र प्रदर्शन हुनेछ।
चलचित्रलाई सकृय संस्था न्यु भिजन ग्रुपले प्रदर्शन गर्न लागेको हो। कार्साङमा दयाहाङ राई, सिर्जना निङ्लेखु, जीतु नेपाल, दिया मास्के, यासेलि योङ्हाङ आदिको अभिनय हेर्न सकिन्छ।
चलचित्रलाई याम शेर्पाले लेखन तथा निर्देशन गरेका छन्। आपतकालिन राहत कोष स्थापनार्थ चलचित्र प्रदर्शन गर्न लागेको आयोजक न्यु भिजनले जानकारी गराएको छ।