पूर्वी नेपाल समाजको चौँथो अधिवेशन सम्पन्न, अध्यक्षमा केदार निरौला


पूर्वी नेपाल समाज दक्षिण कोरियाको चौँथो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले  केदार निरौलाको नेतृत्वमा २२ सदस्यीय कार्यसमिती गठन गरेको छ।

पूर्वी नेपाल समाजको सभाहलमा सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा डम्बर बिक्रम मुखियालाई चयन गरेको छ। यसैगरी उपाध्यक्षमा राम राई, रमेश लक्सम लिम्बू, रमेश श्रेष्ठ र इन्जिता राई चयन भएका छन। महासचिवमा गोविन्द विसी चयन हुँंदा सचिवमा हरी खड्कालाई जिम्मेवारी दिइएकोछ। कोषाध्यक्षमा सपना सेलिङ र सह कोषाध्यक्षमा  गोविन्द दुलाल चयन गरिएको छ। सदस्यहरुमा  अ्मित नेम्बाङ लिम्बू ,नविन तामलिङ लिम्बू ,मनिराम राई ,दिपक कार्की ,अनिल खतिवडा ,ओन खेवा लिम्बू ,पाण्डव राई ,गोविन्द अधिकारी ,राम साम्पाङ राई अर्जुन माङ्फाङ राई र बाबु रोक्का मिलन चयन भएका छन।

अधिवेशनमा उपाध्यक्ष पवित्रा थेवेले स्वागत मन्तव्य राखेका थिए। कोषाध्यक्ष दिपा मेवाहाङ राईले आर्थिक प्रतिवेदन र महासचिव केदार निरौलाले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए। संरक्षक अमृत राईको संयोजकत्व रहेको निर्वाचन मण्डलमा वरिष्ठ सल्लाहकार ध्यान राई र सम्सेर पंधाक रहेका थिए र नव निर्वाचित समितीलाई निर्वाचन मण्डलका सदस्य ध्यान राईले सपथ ग्रहण गराएका थिए।

कार्यवाहक अध्यक्ष चित्र घलेको अध्यक्षता र संरक्षक अमृत राईको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा गैर आवासिय नेपाली संघ, नेपाली सम्पर्क समिती, नेपाल आदिवासी जनजाती महासंघ, लगायत राजनैतिक दलका प्रतिनिधि , प्रदेश स्तरिय संस्थाका प्रतिनिधि साथै विभिन्न संघ संस्थाका अध्यक्ष एवम प्रधिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गायिका ईन्द्रेणी लोप्चन तामाङले ‘भन भन च्याङबा’ ल्होछार गीतको भिडियो सार्वजनिक गरिन
  • सलनालमा बृहत साहित्य मेला आयोजना हुँदै
  • दोश्रो महाकुलुङ ऐतिहासिक साहित्यिक कार्यक्रम सम्पन्न
  • गायिका इन्द्रेनी लोप्चनको तामाङ सेलो ‘बर्कोमा लुक्ने मैच्याङ’ सर्वाजनिक
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...