अन्ततः कोरियामा गुञ्जिने “भयो पूर्ण राई एन्ड दाजुभाइहरु”

लामो समयको प्रतिक्षा पछि मार्च ३० आइतवार कोरियामा गायक पूर्ण राईको लाइभ कन्सर्ट हुने भएको छ। राई आफ्नो व्याण्ड सहित कोरिया आउन लागेका हुन्। Hw कन्भेसन सेन्टरमा धरान – कोरिया सपोर्ट कम्युनिटीले कार्यक्रम आयोजना गर्न लागेको हो।
अहिले नेपाली संगीत क्षेत्रमा अत्याधिक रुचाइएको व्याण्ड मध्ये “पूर्ण राई एन्ड दाजुभाइहरु” पनि हो। यो व्यण्ड अहिले निकै व्यस्त छ । जसले देश विदेशमा सांगितिक प्रस्तुति दिँदै आइरहेको छ। कोरियामा नेपाली दर्शक श्रोताको मागलाई मध्यनजर गर्दै पूर्ण राईलाई मार्च महिनामा नै आमन्त्रण गरिएको आयोजकले जनाएको छ।
यस लाइभ कन्सर्टको टिकट मूल्य मात्र ४० हजार वन रहेको छ भने टिकट जि मनी एप्सबाट सजिलै बूकिङ गर्न सकिने छ।