उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको “हाङ्गाङ होली महोत्सवमा ” केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा केहि समूहले प्रधानमन्त्री विरुद्ध नारा लगाएका थिए।
कार्यक्रमको मर्म बिपरित केहि उच्छृङ्खल समूहले गरेको आपतिजनक गतिविधि प्रति संस्थाले घोर आपत्ति जनाएको विज्ञप्तिमा उल्लेख छ। यस कृयाकलापमा संस्थाको प्रत्यक्ष एवम अप्रत्यक्ष रुपमा कुनैपनि भूमिका नरहेको प्रष्ट पारेको छ। उपस्तिथिले गर्ने कृयाकलापमा आयोजकले ध्यान पुर्याउन नसकेको र आगामी दिनमा यस्ता अराजक गतिविधि दोहोरिन नदिने प्रतिवद्धता व्यक्त गरेको छ।
उक्त गतिविधिलाई सामाजिक सञ्जालमा अतिरञ्जित नगरिदिनुहुन र अपलोड गरिएको भिडियो सामाग्री हटाइदिन आयोजकले अनुरोध गरेको छ।