कोरियाको होली उत्सवमा नारा लगाउनेलाई राष्ट्रविरोधिको संज्ञा दिँदै कारबाहिको माग

कोरियाको होली कार्यक्रममा प्रधानमन्त्री केपि ओली विरुद्द नारा लगाइएको प्रति प्रवासी नेपाली मञ्चले प्रेस विज्ञप्ति जारी गरेको छ। राष्टृय एकता कमजोर पार्ने र राष्ट्रकै बेइज्जत गराउने समूहको पहिचान गरि आवश्यक कारबाहिको लागि नेपाली दूतावासलाई ध्यानाकर्षण गराएको छ। मार्च १६ मा पाँच ‘स ‘ द्वारा हान नदि किनारमा आयोजित होली उत्सवमा एक समूहले नाराबाजि गरेका थिए।
अराजक समूहले गरेको लोकतन्त्र विरोधि हर्कत प्रति इङ्कित गर्दै समृद्धि विरोधि, गणतन्त्र विरोधि, राष्ट्र विरोधि, संविधान विरोधिले देशको अ्मन चयन खल्बल्याएर सामाजिक द्वन्द निम्त्याउन खोजेको आरोप लगाइएको छ।
विज्ञप्तिमा हाल नेपाल लगायत विभिन्न देशहरुमा अराजक समूहले गरेको लोकतन्त्र विरोधि हर्कत प्रति इङ्कित गर्दै समृद्धि विरोधि, गणतन्त्र विरोधि, राष्ट्र विरोधि, संविधान विरोधिले देशको अ्मन चयन खल्बल्याएर सामाजिक द्वन्द निम्त्याउन खोजेको आरोप लगाइएको छ। मञ्चले होलि उत्सव आयोजक पाँच “स ” लाई उक्त कृयाकलापको जवाफ मागेको छ ।
लोकतन्त्रमा असन्तुष्टि, असहमति उचित तवरले उचित ठाउँमा राख्न पाउने हक भएतापनि होली मनाउने क्रममा गरिएको यस्तो कृयाकलापप्रति मञ्चको असहमति रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ। साथै देशको अहित चाहनेहरुको यस्तो हर्कतलाई सम्बन्धित निकायले नजर अन्दाज गरे संसारभर रहेका प्रवासी नेपाली मञ्चले उचित जवाफ दिने बताइएको छ।
आयोजक पाँच स ‘ ले यस घटनामा आफ्नो प्रत्यक्ष एवम अप्रत्यक्ष संलग्नता नरहेको पुष्टि गर्दै हिजो प्रेस विज्ञप्ति जारि गरेको थियो।