कोरियाका नेपाली संस्थाहरुसँग NRNA ले एकता महाधिवेशन बारे अन्तरक्रिया गर्दै

गैर आवाशिय नेपाली संघ दक्षिण कोरियाले “एकता महाधिवेशन ” बारे अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ। बिपिन गुरुङ नेतृत्वको संस्थाले मार्च २२ शनिवार बेलुकी ८:४५ मा कार्यक्रम गर्ने भएको हो। कोरियामा रहेका सक्रिय संस्थाहरुसँग जुम भर्चुअल मार्फत कार्यक्रम गरिने भएको छ।
धेरै जनामा एकता महाधिवेशन बारे भ्रम रहेको उल्लेख गर्दै यो कार्यक्रम त्यस्ता भ्रम चिर्न सहयोग पुग्ने विश्वास गरेका छन्।
अध्यक्ष गुरुङले अहिले पनि धेरै जनामा एकता महाधिवेशन बारे भ्रम रहेको उल्लेख गर्दै यो कार्यक्रम त्यस्ता भ्रम चिर्न सहयोग पुग्ने विश्वास गरेका छन्। साथै एन आर एन ए अभियान्ता भन्ने केहि व्यक्तिहरु मान्छेलाई भ्रमित पार्न लागेको र संस्था मजबूत बनाउन भन्दा विवाद देखि टाढा पन्छिन खोजेकोमा दु : ख व्यक्त गरेका छन्।
सर्वोच्च अदालतले शेष घलेको संयोजकत्व रहेको उच्च स्तरीय समिति मार्फत केन्द्रको एकता महाधिवेशन मे को ३,४ र ५ मा सम्पन्न गर्न आदेश दिइसकेको छ। तसर्थ अहिले विभिन्न देशमा रहेको राष्ट्रीय परिषदको अधिवेशन हुँदैछ। कोरियामा पनि अप्रील ६ तारिख आइतवार अधिवेशन हुने यस अघि नै सूचना जारी भइसकेको छ भने हाल साधारण सदस्यता भर्ने क्रम रहेको छ।
बद्री केसी नेतृत्वको एनआरएनएले सचिवालयबाट काम कारबाही गर्दै आएकोमा निर्देशनालयले शेष घले नेतृत्वको उच्चस्तरीय समितिलाई उक्त कार्यालयको जिम्मा दिन यसअघि पत्राचार गरेपनि कार्यान्वयन नभएपछि मंगलबार दोस्रो चेतावनीयुक्त पत्र पठाएको हो । “
एनआरएनए सचिवालयलाई सर्वोच्चको चेतावनीयुक्त पत्र, ५ दिनभित्र आदेश कार्यान्वयन गर्न अल्टिमेटम दिएको अध्यक्ष बिपिन गुरुङले जानकारी गराएका छन्।
“हाल बद्री केसी नेतृत्वको एनआरएनएले सचिवालयबाट काम कारबाही गर्दै आएकोमा निर्देशनालयले शेष घले नेतृत्वको उच्चस्तरीय समितिलाई उक्त कार्यालयको जिम्मा दिन यसअघि पत्राचार गरेपनि कार्यान्वयन नभएपछि मंगलबार दोस्रो चेतावनीयुक्त पत्र पठाएको हो । ” उनले प्रष्ट पारेका छन्।