कोरियामा सगरमाथा र बुद्ध चिनाउदै साईकलयात्री
सोल – सगरमाथा र गौतम बुद्धको जन्मभूमि नेपाललाई बिश्वासामु चिनाउने उदेश्यका साथ बिश्वयात्रामा हिडेका साईकल यात्री दिपक खत्री यति बेला चीन हुदै दक्षिण कोरिया आईपुगेका छन् |
दोलखा क्षेत्रपाका खत्रीले अहिलेसम्म नेपाल , भारत , पाकिस्तान , बंगलादेश , बर्मा , भुटान , श्रीलंका , माल्दिभ्स , अफगानिस्तान , कुवेत , दुबई, ओमन , बहराईन , जोर्डन , ईजरायल , मलेसिया , सिंगापुर , ईन्डोनेसिया , फिलिपिन्स , ब्रुनाई , लाओस , भेयतनाम , कम्बोडिया , हंगकंग , चीन , दक्षिण कोरिया लगायत ३२ वटा देशहरुको भ्रमण गरिसकेका छन् |
नेपालका ७५ वटै जिल्लाका सदरमुकामको पनि साईकल यात्रा गरिसकेका खत्रीको बाल्यकाल सुखद थिएन | स्कुले जीवनमा कलाकार बन्ने ठुलो धोको थियो उनको | समय र परिस्थितिले साथ नदिए पछि उनले कलाकार बन्ने सपनालाई थाति राख्दै विश्व साईकल यात्रा गर्न निस्किए | उनको साईकल यात्रासंगै नेपाली कला , सस्कृति , भाषा , धर्मलाई पनि विश्व सामु चिनाउने लक्ष्य पनि रहेको छ |
नेपालीहरु बदि भएका देशहरुमा पुग्दा त्यहाँ रहेका नेपालीहरुलाई उनीहरुले कमाएका पैसा नेपालको उत्पादनमुलक क्षेत्रमा लागनी गरेर नेपालमा भएका बेरोजगार युवाहरुलाई रोजगारीको अबवर सिर्जना गर्न पनि सुझाव दिने गरेका छन् | दक्षिण कोरिया पछि जापान , अष्ट्रेलिया , न्युजिल्याण्ड हुदै विश्वका १ सय ९५ देशमा यात्रा गर्ने लक्ष्यका साथ यात्रारत खत्रीको यात्राक्रम निकै सास्ती पनि भोग्नु परेको अनुभव छ |
मलेसियामा लुटिदा झन्डै ज्यानै गुमाउन पुगेका खत्री कहिलेकाही जंगलमा रात बिताउनु पर्दाको पिडा पनि बाचुन्जेल भुल्न नसक्ने सुनाउदै नेपाली थोरै भएका देशहरुमा भाषा लगायत खानपान पनि समास्या पर्ने सुनाए | भावी योजानाको पोया फुकाउदै उनले भने विश्वका १ सय ९५ देशको यात्रा सके पछि सगरमाथा चदने र फाउन्डेसन खोलेर टुहुरा तथा बिपन्न बालबालिकालाई शिक्षा दिक्षा दिने बताईरहदा उनको आखाँमा चमक देखियो |
आफ्नो पुर्ख्यौली सम्पति बेचेर दुईवटा देशको पनि साइकल यात्रा गर्न नसक्ने स्थिति थियो उनको तर विदेशमा रहने नेपाली समुदायको सहयोग र समर्थनले गर्दा आफु विश्व यात्रामा हिडन सकेको सुनाउदै सहयोग गर्ने मनकारी नेपाली समुदाय प्रति आभार ब्यक्त गरिरहदा भावुक देखिए |
यात्राको क्रममा विभिन्न् देशहरुमा त्यहाँ रहने नेपाली समुदायले व्यक्तिगत र संस्थागत सहयोग र समर्थन पाएको सुनाउदै दक्षिण कोरियामा पनि बिभिन्न संस्थाहरु एनआरएन , एनसिसि , दोलखा समाज लगायत शुभेच्या रेस्टुरेन्ट , बिनोद कुवर , धर्म श्रेष्ठ लगायतवाट सहयोग र प्रोत्साहन पाएको र अब बुसान जाने र बुसानवाट यज्ञराज सुबेदीवाट सहयोगको आश्वासन पाएको पनि उनले बताए |
पुनश्च – विश्व साईकल यात्री दिपक खत्रीलाई सहयोग या सल्लाह सुझाव , प्रोत्साहन दिन चाहनु हुन्छ भने फेसबुकमा sycal_yatri_dipak या फोन नम्बर ०१०५९४७०५४२ मा सम्पर्क गर्न सक्नु हुनेछ |