कोरियाको पहिलो शोमा ‘अञ्जिलाले’ दर्शकको मन जित्यो

चलचित्र अञ्जिला कोरियाको ह्वासङ स्थित फारानमा हाउसफूल सहित दुइ शो भएको छ। ह्वासङ नेपाली समाज कोरियाले आज प्रदर्शन गरेको चलचित्र लामो समय प्रतिक्षा गरेर दर्शकहरुले दोश्रो शो हेरेका थिए।
नेपालमा ब्लक बस्टर भएको चलचित्र अञ्जिलालाई कोरियाको पहिलो शोमा अत्याधिक रुचाइएको पाइयो। चलचित्र धेरै राम्रो बनेको दर्शकले प्रतिकृया दिएका थिए। महिला राष्टृय फूटबल टिमका कप्तान अञ्जीला तुम्बापोको जीवन कथामा आधारित चलचित्र कोरियामा उनको भवन निर्माण एवम फूटबल एकेडेमी सहयोगार्थ प्रदर्शन हुँदैछ।
किरात याक्थुङ चुम्लुङ कोरिया आधिकारिक वितरक र नेपाल फूटबल महासंघको समन्वयमा चलचित्रलाई प्रदर्शन गरिँदैछ। मार्च ३० तारिख कोरियाको २ शहर थेजन र मोक्पोमा प्रदर्शन हुने वितरकले जनाएको छ। यस चलचित्रलाई मार्च २ तारिख सौलमा प्रीमियर गरिएको थियो।