प्रथम सेवारो कपको उपाधि ‘आस्याङ ‘ एफ सीलाई

किरात याक्थुङ चुम्लुङ बुसानको सेवारो एफ सी द्वारा आयोजित प्रथम सेवारो कपको उपाधि आस्याङ एफ सीले सुरक्षित गरेको छ। उक्त फुटसल प्रतियोगितामा कियाचु छल्लादोको फूटबल क्लबले दोश्रो स्थानमा चित्त बुझाउनु परेको छ । मार्च २३ तारिख किम्हे स्थित छोउन फुटसल मैदानमा खेल आयोजना भएको थियो।
३२ टोली बिच भएको प्रतिस्पर्धामा आस्याङ एफ सी र के वाइ सी एफ सी छल्लादो फाइनल प्रवेश गरेका थिए। फाइनलमा आस्याङले ६-१ को जित दर्ता गर्दै प्रथम स्थान पक्का गरेको हो। विजेता टिमले ३० लाख वन रकम र दोश्रो हुने टिमले २० लाख वन प्राप्त गरेका छन्। ,
टुर्नामेन्टको उत्कृष्ट खेलाडी – बिशाल राई (KYC 전라도) उत्कृष्ट गोलकिपर – सन्देश गुरुङ (आस्याङ एफ.सी) उच्च गोलकर्ता – निर्जल बोहोरा/लुकास गोले (आस्याङ एफ.सी) रहेका छन्। विधागत उत्कृष्ट खेलाडीले जनही १ लाख वन पुरस्कार प्राप्त गरेका छन्।
आयोजक सेवारो एफ सीले सहभागि टिम, स्पोन्सर, निर्णायक, मिडिया पार्टन, लगायत प्रत्यक्ष एवं अप्रत्यक्ष सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ।