दोस्रो हप्ता पनि कोरियामा अञ्जिलाका लागि उर्लिए मानव सागर

आज कोरियाको मोक्पो र थेजनमा चलचित्र अञ्जिलाका लागि मानव सागर उर्लिएको छ। यि दुइ शहरमा अञ्जिला हाउसफूल सहित प्रदर्शन भएको छ। मोक्पोमा किरात याक्थुङ चुम्लुङ छल्लादो र थेजनमा थेजन नेपाली समाज र NRNA छुङ्छङ्दो कोरियाले आज प्रदर्शन गरेको थियो।
नेपालमा ब्लक बस्टर भएको चलचित्र अञ्जिलालाई कोरियाको पहिलो शोमा अत्याधिक रुचाइएको पाइयो। चलचित्र धेरै राम्रो बनेको दर्शकले प्रतिकृया दिएका थिए। महिला राष्टृय फूटबल टिमका कप्तान अञ्जीला तुम्बापोको जीवन कथामा आधारित चलचित्र कोरियामा उनको भवन निर्माण एवम फूटबल एकेडेमी सहयोगार्थ प्रदर्शन हुँदैछ।
किरात याक्थुङ चुम्लुङ कोरिया आधिकारिक वितरक र नेपाल फूटबल महासंघको समन्वयमा चलचित्रलाई प्रदर्शन गरिँदैछ। गतहप्ता यस चलचित्रलाई ह्वासङ स्थित फारानमा प्रदर्शन गरिएको थियो। अप्रील ५ र ६ तारिखि कोरियाको ६ शहरहरुमा प्रदर्शन हुने वितरकले जनाएको छ। यस चलचित्रलाई मार्च २ तारिख सौलमा प्रीमियर गरिएको थियो।