कोरियामा रहेका धनकुटेलीले समुन्द्र घुमे
सोल-दक्षिण कोरियामा रहेका धनकुटेलीहरुको साझा संस्था धनकुटा सेवा समाजद्वारा आयोजित २ दिने सामुन्द्रिक भ्रमण कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमका संयोजक तथा हाल समाजका अध्यक्ष रहनु भएका चन्द्र राईका अनुसार “प्रवासी भूमीमा आपसी सदभाव,एकता र मनोरन्जन,धनकुटा सेवा समाजको सामुन्द्रिक भ्रमण ” नारा दिईएको कार्यक्रम अगस्ट १ र २ तारिक २ दिनको कोरियाको वुसान सहरमा रहेको अति मनमोहक हेउन्दे समुन्द्र भ्रमण गरिएको थियो।सो भ्रमणमा धनकुटा वाहेक अरु बिभिन्न जिल्लाका साथीहरुको पनि सहभागिता रहेको थियो।
कोरियाको गर्मी विदाको अवसरमा आयोजना गरिएको यस कार्यक्रममा सहभागी सबैले समु्न्द्रको चिसो पानीमा डुबुल्की मार्दै ,भिविन्न गितसंगितमा नच्दै र कोरियन खानाको परिकारमा स्वाद लिदै त्यस्तै कोरियाको मनोरम दृश्य हेरदै सहभागी सवैले भरपुर मनोरन्जन लिएका थिए। यस भ्रमण कार्यक्रम व्यवस्थापन समाजका सचिव राम सुखिमयाखा,कोषाध्यक्ष प्रदेश राई,सदस्य द्वय राजेन्द्र शाक्य र धनु थापाले गर्नु भएको थियो।