NRNA कोरियाको एकता महाधिवेशन सम्पन्न, अध्यक्षमा बिपिन गुरुङ

गैर आवासीय नेपाली संघ (NRNA-NCC) दक्षिण कोरियाको एकता महाधिवेशन सम्पन्न भएको छ। महाधिवेशनबाट बिपिन गुरुङको नेतृत्वमा सर्बसम्मत कार्यसमिति चयन गरिएको छ। अप्रील ६ तारिक दोङ्देमुन स्थित कूक्मिन हलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री माननिय अरुण कुमार चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।
अधिवेशनले वरिष्ठ उपाध्यक्षमा जित बहादुर कुँवर चयन भएका छन भने उपाध्यक्षमा प्रशान्त राज बानियाँ, अवदेश कुमार चौरासिया, र श्याम तिमल्सिना रहेका छन्। महासचिवको जिम्मेवारी अजय सोडारीले सम्हालेका छन भने सचिवमा नरेश शर्मा, र टार्जन राई चयन भएका छन्। कोषाध्यक्षमा यज्ञमान नायक र सह कोषाध्यक्षमा सुश्मा तामाङ रहेका छन्। यसैगरी युवा संयोजक (पुरुष) : अनन्त आचार्य , युवा संयोजक (महिला) : रुक्मा बम चयन भएका छन्। समितिका सदस्यहरुमा यम बहादुर खत्री, दीपेन्द्र रोकाया, प्रदीप तिमल्सिना, अजयकान्त कुशवाहा, संघर्ष लम्साल, र खगेन्द्र जोशी रहेका छन्।
विवादिद एन आर एन एलाई एकिकृत गर्नका लागि सर्वोच्च अदालतले शेष घलेको संयोजकत्वमा रहेको उच्च स्तरिय समितिलाई एकता महाधिवेशनका लागि निर्देशन दिएको छ। सोहि अनुरुप बिपिन गुरुङ नेतृत्वको संस्थाले ऐतिहासिक एकता महाधिवेशन कोरियामा सहभागी जनाएको थियो।
एकता महाधिवेशन उच्चस्तरीय समितिका संयोजक डा. शेष घले, तथा विशेष अतिथिका रूपमा एकता महाधिवेशन उच्चस्तरीय समितिका सदस्य एवं NRNA-NCC समन्वय उपसमितिका संयोजक विनोद कुवँर, NRNA कोरियाका संस्थापक अध्यक्ष केपी सिटौला लगायत विभिन्न क्षेत्रका राजनैतिक तथा सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो