वनभोज सँगै संस्थाको १५ औँ अधिवेशन गर्दै तनहुँ समाज कोरिया

तनहुँ समाज दक्षिण कोरियाले मे महिनाको ३ / ४ तारिख आन्तरिक वनभोज आयोजना गर्ने भएको छ। वनभोज सँगै संस्थाको १५ औँ अधिवेशन पनि हुने भएको छ। तनहुँ जिल्लाबाट हाल दक्षिण कोरिया विभिन्न पेशा, व्यवसाय, रोजगार विध्यार्थी भिसामा रहने तनहुँ बासीहरुमा आपसी सद्भाव एकता र सहकार्य लाइ मजबुत बनाउँने उदेश्य अनुरुप कार्यक्रम गर्न लागेको आयोजकले जनाएको छ।
आपसी मेलमिलाप, सद्भावना र सहभागिता
आजको एकता नै प्रवासी को आवश्यकता,भन्ने मुल नाराका साथ स्थापित तनहुँ समाज दक्षिण कोरियाले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ्। यो वनभोज कार्यक्रम पनि नाफामूलक नभइ सामाजिक काम कै निम्ति रहेको संरक्षक दिपक थापामगरले जानकारी गराएका छन्।
कार्यक्रममा कोरियामा रहेका विभिन्न सामाजिक, राजनीतिक,जातिय, धार्मिक संघ संस्थाहरुलाई आयोजकले निमन्त्रणा गरेको छ।