दक्षिण कोरियामा ‘लोटस् ल्यान्ट्रन फेस्टिभल २०२५’ सम्पन्न, सउल नेपाल गुम्बाले बुद्ध जन्जयन्ती कार्यक्रम मे ११ मा गर्ने

दक्षिण कोरियाको बौद्ध संस्था जोगेजोङद्वारा बुद्ध जन्जयन्तीको अवसरमा आयोजित연등회 अर्थात लोटस् ल्यान्ट्रन फेस्टिभल २०२५ अप्रिल २६र २७ तारिखका दिन विविध कार्यक्रम गरि सम्पन्न भएको छ ।
विश्व शान्तिका अग्रदुत गौतम बुद्धको २५६९ औं जन्म जयन्तीको अवसरमा आयोजित उक्त कार्यक्रममा कोरिया, नेपाल, थैल्याण्ड, श्रीलंका, भियतनाम, कम्बोडिया, म्यानमार लगायतका विभिन्न देशहरू आ–आफ्नो सांस्कृतिक झाँकी, 연등꽃, लाखौं बौद्धमार्गी एवम अनुयायीहरुकोजनसहभागीतामा बृहत शान्ति र्याली २६ तारिख शनिबार गरेको हो ।
सौल स्थित दोङ्गुक युनिभर्सिटीमा दिउँसो ४ बजे भेला भएर ७ बजेदेखि र्याली आरम्भ भइ जोगेसा गुम्बामा गएर समापन भएको थियो । २७तारिख आइतवार जोगेसा गुम्बाको अगाडी विभिन्न देशको संस्कृति झल्किने स्टलहरु, प्रत्येक देशले मौलिक झाँकिहरु साथमा साँस्कृतीककार्यक्रमहरू प्रस्तुति गरि महोत्सब सम्पन्न भएको छ ।
बुद्ध नेपालमा जन्मिएका हुन भनेर विश्वलाई चिनाउन नेपालको तर्फबाट नेपाली राजदुतवास सौलको समन्वय, नेपाल बौद्ध परिवारले प्रतिनिधित्वगरेको यो कार्यक्रममा विभिन्न नेपाली संघ–संस्था तथा नेपाली समुदायको कला, संस्कृति झल्कने नेपाली राष्ट्रिय पोशाकमा सजिएर उल्लेख्यउपस्थित रहेको थियो ।
प्रत्येक बर्ष मनाउदैं आइरहेको यो LOTUS LANTERN FESTIVAL लाई युनेस्कोले मानवताको अमूर्त धार्मिक तथा सांस्कृतिक सम्पदाकोरूपमा सन् २०२० मा सूचीबद्ध गरेको थियो । भगवान बुद्दको जन्मदिन अर्थात २५६८ औं बुध्दजयन्ती आगमी २०२५ मे ५ तारिख पर्छ ।
त्यसैगरि थेग्छेन छ्योईलिङ सउल नेपाल गुम्बा दक्षिण कोरियाले भगवान गौतम बुद्धको २५६९ औं जन्मजयन्तीको अवसरमा बुद्ध जयन्ती बिशेषकार्यक्रम आगामी मे ११ मा दोङदेमुनमा गर्ने गुम्बाका लामा प्रमुख कुन्साङ दोर्जे लामाले जनाएको छ । उक्त कार्यक्रममा दक्षिण कोरियामाक्रियाशील विभिन्न संघ–संस्था, बौद्धधर्मलम्बी तथा नेपाली समुदायमा उपस्थितीको लागि लामा प्रमुखले हार्दिक निमन्त्रणासमेत गरेको छ ।