आसन र भाषण गर्न होइन कामको लागि हो मेरो उमेरद्वारी-लक्ष्मी गुरुङ
सोल-कोरियाको पुरानो ब्याबसायी लक्ष्मी गुरुङले एनआरएन कोरियामा सेप्टेम्बर ६ मा हुन गैरहेको पाचौ अधिबेशनमा उपाध्यक्ष पदको लागी आफ्नो उम्मेदवारी भाषण र आसनको लागी नभई वास्तविक एनआरएनको सेवा र रचनात्मक कामको लागी बताएकी छिन l
करिब दुई दशकअघि कोरिया आईपुगेकी उनी एनसीसीको पहिलो महिला सदस्य र कोषाध्यक्ष पनि हुन् l हालसम्ममा उनि संलग्न रहेको बिभिन्न संघ संस्थाहरुमा एनआरएन कोरियाको सदस्यमा दुइ कार्यकाल बिताई सकेकी र कोरिया अध्यागमन बिभागमा चार बर्ष दोभासेको काम गरिसकेकी छिन l उनि वोमेन फर वोमेनको संरक्षक, तमुधि र कास्की परिवारको सल्लाहकार, मनांङ परिवारको संस्थापक संयोजक पनि रहदै आएकी छिन |
नेपालको लागि सहयोग गर्दै आइरहेको एनजीओ संस्था नमस्ते कोरियाको सदस्य, SHE CAN र International Women Peace Group (IWPG) को सदस्य रही सहयोग गर्दै आएकी छिन l प्रस्ट बक्ता र खुला बिचारकी उनि एनआरएनमा रही कोरियाको बिभिन्न समस्या समाधान गर्न आफु तत्पर रहेको बताउन्छिन् | नेपाल बिकासको लागी एनआरएनको महत्वपूर्ण भूमिका हुने भएकोले कोरियामा रहेको बिभिन्न संघ संस्था, ब्यापारी, बिधार्थी र कोरियामा बिभिन्न पेशामा संलग्न रहनु भएको नेपाली समुदायलाई आफुलाई सहयोग गर्ने आग्रह गरेकी छिन l