हराईरहेको मलेसियन एयरलाइन्सको अवेशष भेट्टियो
सोल – एक वर्षदेखि हराइरहेको मलेसियन जहाजको अवेशष हिन्द महासागरमा भेट्टिएको जानकारी मलेसियन प्रधानमन्त्री नजिब रज्जाकले दिएका छन् ।
प्रधानमन्त्री रज्जाकले फ्रान्सेली खोजकर्ताहरुको टोलीले फेला पारेको जहाजको टुक्रा हराइरहेको मलेसियन एयरलाइन्सको एमएच ३७० को भएको पुष्टि गरेका हुन् ।
मलेसियन एयरलाइन्सको जहाज २३९ जना यात्रु बोकेर मार्चन २०१४ मा मलेसियन राजधानी क्वालालाम्पुरबाट चीनको बेइजिङका लागि उडेपछि हिन्द महासागरको आकाशबाट वेपत्ता भएको थियो ।
यसअघि एक साता पहिले फ्रान्सेली खोजकर्ताको टोलीले जहाजका केही अवशेष फेला पारेपछि सो माथि अनुसन्धान शुरु गरेका थिए । विज्ञहरुको अनुसन्धानपछि मलेसियन प्रधानमन्त्री रज्जाको ती अवशेष हराइरहेको एमएच ३७० जहाजकै भएको बिहीबार पुष्टि गरेका हुन् ।
त्यो जहाज दक्षिणी हिन्द महासागरमाथिको आकाशबाट बेपत्ता भएको विज्ञहरुको अनुमान थियो । जहाज हराएपछि आकाश र समुद्रमा लामो समय खोजी गर्दा पनि फेला पार्न सकेका थिएनन् ।
‘अति नै दु:खदायी खबरबारे जानकारी गराउनुपरेको छ । अन्तर्राष्ट्रिय खोजकर्ताको टिमले एमएच ३७० जहाजको अवेशष फेला पारेका छन्’, प्रम रज्जाकले भने, ‘हामीले जहाजका केही टुक्रा भेटिसकेका छौं । एमएच ३७० जहाजको दु:खदायी अन्त्य दक्षिणी हिन्द महासागरमा भएको रहेछ ।