क्यान्सर पिडित बालकलाई सहयोग गरिदिन अपिल
सोल – बागलुङ बिनामारे—५का लक्ष्मी प्रसाद शर्मा र सिता शर्माका छ वर्षीय छोरा प्रविण शर्मा अहिले ब्लड क्यान्सरवाट ग्रस्त भई काठमाण्डौको कान्ति बाल अस्पतालमा जीवन र मरणको दोसाँधमा छट्पटाइरहेका छन् ।
आर्थिक अवस्था न्यून रहेका शर्मा दम्पतीले आफ्नो छोरालाई बचाई दिनको निम्ति देश , विदेशमा हुनु हुने मनकारी नेपाली समुदायलाई आग्रह गरेका छन् |
स्थानिय ज्ञानोदय प्रावि. कक्षा ३मा अध्ययनरत प्रविणको भविष्यको सपना ‘पढेर ठूलो मान्छे बन्ने ‘ बताउछन | यी अबोध बालकको सपना साकार पार्न पहिले क्यान्सरलाई जित्नु पर्ने हुन्छ तर उनको बुवा आमासंग त्यो सामर्थ्य छैन |
बालकको भारतमा उपचार गरी सल्यक्रिया गर्न करिब २५ लाख रुपैयाँ लाग्ने चिकित्सकले बताएका छन् । कृषि पेशामा संलग्न शर्मा दम्पतीसंग त्यति ठुलो रकम जोहो गर्न सक्ने स्थिति छैन तसर्थ आफ्नै छोरा , भाई सम्झेर सानो सहयोग गरिदिनु भए ति अबोध बालकक ज्यान बच्ने छ र उनको भविष्यमा ठुलो मान्छे बन्ने सपना साकार हुनेछ |
सहयोगको लागि –
IBK बैक
खाता नम्बर – २२१३ ५७१५८ ०२०१६ ( 판타 )
थप जानकारीको लागि –
जनक राज पन्त – ०१०६४६९५४३२
नेपालमा सहयोग गर्नको निम्ति –
ग्लोबल आई एम ई बैक
खाता नम्बर – ३५०७ ०१०० १०४०२
खातावालाको नाम- लक्ष्मी प्रशाद शर्मा
थप जानकारीको लागि – ९८४९३८०३१२