आउदो बर्ष ईपिएस कोटा अझै बढ्छ- राजदुत कमानसिंह लामा
दक्षिण कोरियाका लागि नेपाली राजदुतको जिम्मेवारी लिएर २०१२ को मेमा कोरिया आएका कमानसिंह लामा कोरिया प्रवेशसंगै केहि बिबादमा आए | ईपिएस प्रणाली खारेज हुनुपर्छ भन्ने अभिव्यक्ति दिएपछि केही मिडियाले उनको खोइरो नै खाने | केही नेपाली संघ सस्थाका प्रतिनिधिहरु समेत कटाक्ष्य गर्दै विरोधमा उत्रिए | खरो बोलि र स्पष्ट बक्ताका रुपमा चिनिने लामा एमाओवादी कोटाबाट राजदुत चुनिएका हुन् | कोरियाका लागि नेपाली दुतावासमा लामा नियुक्ति भएपछि के – कति उपलव्धिमुलक कार्यहरु भए र नेपाली मजदुरको समस्या समाधानको लागि दुतावासले चालेका कदमको बिषयमा केन्द्रित रहेर फोनिज कोरियाका न्युज डेस्क प्रमुख निश्चल काउचाले लामासंग गरेको कुराकानी –
मूल त कोरियामा नेपालीहरुको के-के समस्या पाउनु भयो ?
बास्तवमा भन्ने हो भने कोरियामा मात्र नभई अन्य मुलुकमा पनि काम लगाउने मालिक र काम गर्ने मजदुर बीच सधै आ-आफ्नो स्वार्थको टकराब हुन्छ । यहाँ पनि टकराब सो सम्बन्धि समस्याका बाबजुद स्वास्थ सम्बन्धि समस्या लगायत सास्कृतिक , भाषिक देखि लिएर खानपानका समस्याहरु छन् | काम लगाउने मालिक देखि संगै काम गर्ने सहकर्मी कोरियन नागरिकवाट बिबिध समस्या हुने गरेको देखिएको छ |
नेपाली मजदुरको समस्या समाधान गर्न दुतावास उदासिन छ भन्ने आरोप पनि लाग्दै आएको छ नी ?
यो गलत हो | हामी समस्या समाधान गर्नकै निम्ति बसेका हौ | कतिपय घटनाहरुमा दुतावासको पहुच नपुगेको पनि हुन् सक्छ | घटना घटेका स्थल देखि लिएर अन्य फिल्डमा पनि दुतावास पुगेको छ | दूतावास नपुगेको कुनै ठाउँ नै छैन ।
पछिल्लो समयमा औधोगिक दुर्घटना र आत्महत्याको संख्या बढेको छ नी ?
दुर्घटनाका संख्या बढेको हो | यस बिचमा नेपालीको संख्या पनि कोरिया उल्लेखीय रुपमा बढेको छ | आत्महत्या बढ्नुमा केहीको मानसिक समस्या भएका केहीका स्वास्थ्य समस्यादेखि लिएर डिप्रेसनका समस्याहरु देखिएका छन् | औधोगिक दुर्घटना बढ्नुमा कम्पनीदेखि लिएर मजदुरले फस्ट एड सामाग्री समेत प्रयोग नगरेका कारण या कम्पनी मालिकले सामाग्री उपलब्ध नगराई दिएका कारण पनि हुन् सक्छ | र पेशा सम्बन्धि शीप र ज्ञानको कमीले पनि हुन सक्छ ।
सन् २०१२ मा गठन गरिएको नेपालीको मृत्युको कारण खोज्न बनेको अध्ययन समितिले बुझाएको प्रतिवेदन दुतावासले लागु गर्न नसक्दा पनि मृत्युदर बढेको हो भनिन्छ नी ?
त्यस्तो होईन | हामीले लागु गरेर २०१४ मा मृत्यु दर घटेको पनि थियो | हामीले काउन्सलिङ गरेका हौ | अहिले हामीले काउन्सलिङ गरेका प्राय नेपाल फर्की सके | अहिले नेपालीको संख्या पनि बदयो | नयाँहरुलाई काउन्सलिङ नपुगेको हुन सक्छ | उनीहरुलाई फेरी काउन्सलिङ गर्नु पर्ने अवस्था हो |
भुकम्प पीडितका लागि अन्य मुलुकबाट भन्दा कोरियाबाट धेरै सहयोग संकलन भयो | यो कसरी संभव भयो ?
नेपाली दुतावासले कोरियन सरकारसंग सरकारी स्तरमा मात्र नभएर जन स्तरमा पनि सम्बन्ध कति गहिरो जन सम्बन्ध बनाएको रहेछ भनेर यो भुकम्प पिडितलाई संकलन गरेको सहयोगबाट पनि प्रमाणित हुन्छ |
सुरुमा तपाईको आलोचना खुब भयो | अहिले जताततै प्रसंसा सुनिन्छ | सुरुमा काम गर्ने अनुभव नभएर त्यस्तो भएको हो ?
अनुभव भन्ने कुरा काम गर्दै गएपछि खारिदै जाने कुरा हो | यहाँ कस्तो भो भने म भर्खर आएको मात्र थिए | काम नै नगरिकन आलोचना सुरु भो | अहिले काम गर्दै जादा मैले गरेका कामहरुका मुल्यांकन गर्दा राम्रो लाग्यो होला उहाँहरुलाई अनि आलोचना भएन |
नेपाल र कोरियाको राज्यस्तरीय सम्वन्ध अझै घनिष्ठ हुन सकेको छैन भनिन्छ नी ?
घनिष्ठ छैन भन्ने कुरा नै गलत हो | हाम्रो सम्वन्ध एकदम घनिष्ठ , सुमधुर उत्तरो – उत्तर बददै छ | कोरिया र नेपालको दौत्य सम्वन्ध जोडिएको चालिस वर्षसम्म पनि दुवै देशको तर्फवाट राष्ट्रपति या प्रधानमन्त्रि स्तरको भिजिट भएको छैन भनेर भन्न खोज्नु भएको होला अब यो हुने क्रममा छ | अब छिट्टै दुई देशको प्रधानमन्त्रि या राष्ट्रपति स्तरिय भ्रमण हुन्छ | हुने बाटोमा गईरहेको छ |
तपाईको कार्यकालमा भएका केही महत्वपूर्ण उपलव्धिहरुको बारेमा बताई दिनुहोस न ?
दुई देशको दौत्य सम्वन्ध अझ प्रगाढ र सुमधुर बन्दै गएको छ | कोरियाको जनस्तरमा पनि सम्वन्ध गाढा हुदै गएको छ | हामीले २०१२ मा नेपालमा लगानी प्रवद्धन गर्नको निम्ति सेमिनार गरेका थियौ |
२०१३ मा दुई देशको साँस्कृतिक सम्वन्धलाई बढवा दिन र बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन् भनेर प्रचार गर्नको निम्ति शान्ति दिप लुम्बिनी देखि कोरियासम्म लिएर आएका थियौ | अहिलेसम्म कोरियाका १ सय ८ गुम्बाहरु मध्ये १ सयवटा गुम्बाहरुमा शान्ति दिप स्थापना गरि सकेका छौ | बाँकी रहेका गुम्बाहरुमा पनि चाडै शान्ति दिप स्थापना गर्दैछौ |
यसैगरि २०१४ मा पनि सेमिनार गरेका थियौ लगानी प्रवद्धनको निम्ति कोरिया र नेपालको दौत्य सम्वन्धको ४०औ बर्ष गाठ भव्य रुपमा मनायौ | अब फेरी लगानी प्रवद्धन गर्ने उदेश्यका साथै २०१५ को सेप्टेम्बरमा भुकम्पपछि नेपालमा लगानी सम्भावना र स्थितिको बारेमा सेमिनार गर्दै छौ | यस्तै पोहोर साल राजदुत कप फुटबलको आयोजना गरेका थियौ | यसपाला पनि गर्दैछौ | अर्को महत्वपुर्ण कुरा हाईड्रो सेक्टरमा ४ सय २२ मेगावाट लगानीको प्रोजेक्ट नेपाल भित्रिएको छ |
केवाटरको लगानीमा अपरमोदी ६० मेगावाट , जाजरकोटमा चाल्नाखोलामा १ सय ४६ दर्ता सकिएर पनि सर्वे शुरु भैसकेको छ | र त्रिशुलीमा (अपर त्रिशुली २१६ मे.वा) कोसेपले डेभलप गर्दैछु । पीपीए भै निर्माण कार्य शुरु र्भ सकेको छ ।
कोरियाबाट नेपाल पैसा पठाउदा बैंकबाट भन्दा पनि अबैधानिक हुण्डी मार्फत बढी जान्छ | यसलाई रोक्न दुतावासले के -कस्तो कदम चालेको छ ?
यसलाई रोक्न नेपाल सरकार, कोरियन सरकार लगायत जनस्तरको पनि साथ र सहयोग चाहिन्छ | दुतावासले रोक्ने प्रयास गरिरहेको छ तर इफोर्ट नपुगेको हुन् सक्छ | हामीले बैंक मार्फत पैसा पठाउदा देशलाई फाइदा पुग्ने , नेपालमा लगानी गर्न सजिलो हुने सम्पति छानविन भएको खण्डमा स्रोत खुल्ने जस्ता फाइदाहरुको बारेमा प्रचार- प्रचार गर्दै बैंक मार्फत पैसा पठाउन आग्रह गरिरहेका छौ | हुण्डी कारोवार रोक्न कोरियामा रहेका विभिन्न संघ संस्था देखि लिएर सबै नेपाली समुदायले साथ दिए मात्र सम्भव छ |
ईपिएस कोटा बढाउन दुतावासले कोरियन सरकार समक्ष के -कस्तो कुटनीतिक पहल चालेको छ ?
ईपिएस कोटा यो साल अझ बददै छ | २०११/१२ तिर २ हजार २५ सय जति नेपाली कोरिया भित्रिने गर्थे | अहिले बर्षेनी ८ देखि ९ हजार नेपाली भित्रि रहेको अवस्था हो | आउदो महिना हाम्रो श्रम राज्यमन्त्रि आउदै हुनुहुन्छ | हाम्रो दुई देश बिचको सम्झौता एमओयु छ | सम्झौता नवीकरण हुँदैछ | आउदा बर्षका लागि कोरियन सरकार समक्ष कोटा बढाई दिनको निम्ति आग्रह गरेका छौ र बढ्ने पनि छ |
कोरियाबाट फर्कन लागेका नेपाली युवाहरुलाई कुन-कुन सेक्टरमा लगानी गर्न सुझाव दिनु हुन्छ ?
नेपाल कृषिप्रधान देश हो | जलस्रोतमा दोस्रो धनी देश , विश्वको उच्चहिमशिखर भएको देश बिबिध भाषा ,धर्म , सस्कृति भएको देश हो नेपाल | नेपालमा लगानी गर्न सबै सेक्टर खुला छन् | तपाईको अनुभव , दक्षता , रुचि कुन सेक्टरम छ त्यसैमा लगानी गर्नुहोस | तपाईसंग पुजी कति छ ? यो सबैको समायोजन गरेर लगानी गर्न आग्रह गर्दछु |
अन्त्यमा केही भन्न चाहनु हुन्छ की ?
कोरिया भनेको कठिन परिश्रम गर्नु पर्ने मुलुक हो | परिश्रम अनुसारको मूल्य पनि पाउने देश हो | अरु देशमा जस्तै यहाँ पनि भाषिक . खानपान देखि लिएर सास्कृतिक समस्याहरु छन् | कुनै समस्या परेमा दुतावास या कुनै संघ , संस्थाका प्रतिनिधिसंग सम्पर्क राख्नुहोस | दुतावासले आफुले सकेको सहयोग गर्न तयार छ | केही कुरा राख्ने मौका दिएका फोनिज कोरियालाई धन्यवाद दिन चाहन्छु र मिडियाले सधै निष्पक्ष समाचार सम्प्रेरण गरि दिन पनि आग्रह गर्दछु |