डाेल्मा शेर्पाकाे पहिलाे चरणकाे उपचार सम्पन्न , दोस्रो चरणको उपचारको लागि सहयोग अपिल
सोल – दाेलखाकी डाेल्मा शेर्पा ३ वर्ष अघि काेरियन नागरिकसंग विवाह गरि काेरिया आएकी थिईन | अाएकाे केही समय पश्चात काेरियन पति ट्याक्सि दुर्घटनामा परि मृत्यु भएपछि एक्लै बस्दै अाएकि थिईन्।
अघिल्लाे वर्ष स्वास्थमा एक्कासि समस्या देखिए पछि अस्पताल पुगेकी डाेल्मालाई बोनम्यारो राेग देखापरेकाे थियाे। पहिले राेग सामान्य नै भएकाेले उपचारमा खासै समस्या भएन तर केहि हप्ता अगाडी फेरी उक्त राेग देखा परेपछि डाेल्मा अस्पताल पुगेकी थिईन् । चिकित्सकका अनुसार यस पटक डाेल्माकाे केश जटिल भएकाे र बोन प्रत्याराेपण नै गर्नुपर्ने बताईएकाे छ।
याे उपचार ३ चरणमा हुने जानकारी गराईएकाे हुनेछ | पहिलाे चरणकाे उपचार ४ हप्ताकाे थियाे । ४ हप्ताकाे उपचारमा वाफत अस्पतालबाट ३७ लाख ३२ हजार वनकाे बिल पुगेको थियाे। प्रदेशी भुमिमा एक्लाे र अार्थिक अवस्थानाजुक भएकाेले उपचारार्थ लाग्ने खर्च नभए पछि नेपाली समुदाय माझ सहयोगको अपिल गरेकी थिईन्।
डाेल्मा अस्पतालमा भर्ना भएकाे दिनदेखि नै प्रत्यक्ष संपर्कमा रहेर सहयाेग गर्दै आईरहेका एनआरएन काेरियाका अध्यक्ष विनाेद कुवरले विरामीको स्थति जटिल भएकाे र बोन प्रत्याराेपण गर्ने सक्दाे प्रयासहरु भईरहेको जानकारी दिए |
पहिलाे चरणकाे उपचारको लागि “प्रवासमा हाम्राे एकता” ग्रुपबाट – १४ लाख वन , दोलखाली समाज द.कोरियावाट -६ लाख वन , एनआरएन कोरियावाट – ३ लाख वन नेपाल हाउसकाे खातामा जम्मा भएकाे :- ५,३६,००० वन र बाँकि रकम विभिन्न स्राेतबाट जुटाई विरामिलाई पहिलाे चरणकाे उपचार गराई अस्पतालबाट डिस्चार्ज गराईएकाे थियो |
उक्त रकमहरु उपलव्ध गराउनु हुने सबै संघ संस्थाका प्रतिनिधिहरु साथै सहयाेग गर्नुहुने सहयोगी मनहरुलाई एनआरएन काेरियाका अध्यक्ष विनाेद कुवरले मुरी -मुरी धन्यवाद दिदै अब केही हप्ता पश्चात् दाेस्राे चरणकाे उपचार सुरु हुने र दाेस्राे चरणकाे उपचार सकेपछि तेस्राे चरणमा बोन प्रत्याराेपण हुने हुदा उक्त उपचार निकै जटिल भएकाे र बिरामीको अार्थिक अवस्था एकदमै कमजाेर र दयनिय भएकाेले बिरामीको उपचारकाे लागि लाग्ने खर्च सम्पूर्ण काेरियाबासी नेपाली समुदायलाइ सहयोग लागि अपिल गरिएको छ |
सहयाेगकाे लागि :-
KEB bank
खाता नं- 630-009930-७७१
code no-५
नाम:- नेपाल हाउस