एनआरएन ठालु संस्था हो भन्ने मान्यता उन्मुलन गर्छु-कार्की


सोल-प्रबासी नेपालीहरुको साझा संस्थाका रुपमा परिचित गैह्र आवासिय नेपाली संघ दक्षिण कोरिया शाखाको आगामी सेप्टेम्बर ६ तारिख आईतवारका दिन हुन गैरहेको पाँचौ अधिबेशनका लागि अध्यक्ष पदका लागि रोजगार प्रक्रिया प्रणाली मार्फत कोरियामा आई मजदुरी गरिरहेका नेपाल पत्रकार महासंघ कोरिया शाखाका भूपू अध्यक्ष खेम कार्कीले उम्मेदबारी घोषणा गरेका छन ।

 

 

उनले कोरियामा रहेका मजदुरहरु पक्षबाट आफूले उम्मेदवारी दिएको बताउदै एनआरएन कोरियालाई मजदुर मैत्री बनाउने बताएका छन । दक्षिण कोरियामा एनआरएन सदस्य हुन दुई वर्ष लाग्ने र १ वर्ष सदस्य भएको व्यक्ति मात्र पदाधिकारीमा उठने व्यवस्था मजदुरको हितमा नभएकोले यसलाई यही पटक विधानमा सच्चाउन पहल गर्ने कार्कीले बताएका छन ।

 

 

कोरियामा पत्रकारीताको मार्फतबाट कोरियामा संघ संस्थामा हुने गरेको आर्थिक अनियमितता ,गलत प्रवृतिलाई सच्चाउन पहल गरिरहेका कार्की एनआरएनलाई कोरियामा रहेका नेपालीको विश्वसनिय र पारदर्शी आर्थिक कारोबार गर्ने संस्थाको रुपमा विकास गर्ने बताएका छन ।

 

 

कोरियामा रहेका बत्तीसहजार नेपालीलाई एउटै छातामा ल्याउँने,एनआरएन धनीमानी र ठालुहरुको मात्र संस्थाहो भन्ने मान्यतालाई उन्मुलन गर्ने,कोरियामा रहेका नेपाली मजदुर के कस्ता समस्यामा रहेका छन ति समस्या निराकरणको लागी सरकारसँग पहल गर्ने लगायत मजदुर मजदुरकै लागि भन्ने मान्यतामा आफु मैदानमा उत्रीएको खेम कार्कीले बताएका छन ।

 

 

अन्य मुलुकमा पनि अधिबेशनको रौनक बढेसँगै दक्षिण कोरियामा पनि खेम कार्कीको उम्मेदबारी पश्चात यज्ञराज सुबेदी,रबिन तामाङ,राजु क्षेत्री,ध्यान राई,लोचन राई अध्यक्षका प्रत्यासी रहेका छन । कोरियामा पहिलो पटक ईपिएस मजदुरको रुपमा एनआरएनमा कार्कीको उम्मेदवारीलाई महत्वको साथ हेरिएको छ । उनले आफूले आफ्नो विस्तृत कार्ययोजना चाडै सार्वजनिक गर्ने र कोरियामा सबैको साझा एनआरएन बनाउन आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • “१२ गाउँ” कोरियामा प्रदर्शन हुने, कुन शो कहाँ र कहिले हुँदैछ?
  • खोम गुरुङको शब्दमा पूर्वेली भाका “शितल छायाँमा” को भिडियो सार्वजनिक
  • ह्याप्पी छुसक नाईट-२०२४ सेप्टेम्बर १६ मा हुने
  • रारा सांगीतिक सौगात टिकटक इभेन्टबाट नगद पुरस्कार जित्न सकिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...