Advertisement
SKIP THIS

उत्तर कोरिया 'साम्राज्यवादी समय'बाट अलग


सोल-उत्तर कोरिया अब नयाँ समय क्षेत्रमा प्रवेश गर्ने भएको छ । राज्य सञ्चालित मिडियाका अनुसार दोस्रो विश्वयुद्धमार्फत् जापानी शासनबाट मुक्त भएको दिन पारेर प्योयाङले आफ्नै समय अपनाउन लागेको हो ।
 
उत्तर कोरिया अहिलेसम्म दक्षिण कोरिया र जापानकै समय क्षेत्रमा रहेको छ । जुन ग्रिनविच मिनटाइम (जीएमटी) भन्दा ९ घन्टा अगाडि छ ।
 
तर अब प्योयाङ टाइम अगस्ट १५ देखि ३० मिनेट ढिला पारिने भएको छ । राज्य सञ्चालित समाचार एजेन्सी केसीएनएले ‘दुष्ट जापानी साम्राज्यवादीहरुले कोरियालाई आफ्नो समयबाट समेत विमुख गरेको’ उल्लेख गर्दै अब त्यसलाई यथास्थानमा ल्याइएको जनाएको छ ।
 
सन् १९१० मा जापानीले त्यति बेला एउटै मुलुक रहेको कोरियाली प्रायद्वीपलाई उपनिवेश बनाउनुअघि कोरियाली समय जीएमटीभन्दा साढे ८ घन्टा मात्र अगाडि थियो ।
 
कोरियाली स्वतन्त्रताको ७० औं वर्षगाँठका अवसरमा जनता र राष्ट्र सेवकहरुको इच्छा कदर गर्दै प्योयाङ समय अवलम्बन गरिएको केसीएनएले अधिकारीहरुलाई उद्धृत गर्दै जनाएको छ ।
 
दक्षिण कोरियाले चाहिँ दुई कोरियाद्वारा उत्तर कोरियामा संयुक्त रूपमा सञ्चालित केसोङ औद्योगिक क्षेत्रमा केही समय असुविधा हुन सक्ने जनाएको छ ।
 
कुनै पनि देशले आफ्ना लागि समय क्षेत्र निर्धारण गर्ने स्वतसिद्ध अधिकार राख्छन् किनभने यो विषयलाई नियमन गर्ने कुनै अन्तर्राष्ट्रिय निकाय नै छैन ।
 
सन् २०११ मा समोआले अन्तर्राष्ट्रिय डेटनलाइनकै अर्को पाटोमा प्रवेश गर्दै आफ्नो समय क्षेत्र परिवर्तन गरेको थियो । यसले गर्दा उसलाई छिमेकी अस्टे्रलिया र न्युजिल्यान्डसँग संवाद गर्न सहयोग पुगेको थियो ।
 
सन् २००७ मा भेनेजुएलाले पनि आधा घन्टा समय अगाडि तानेको थियो । तत्कालीन राष्ट्रपति स्व. ह्युगो चाभेजले आफ्ना जनतालाई समानुपातिक रूपमा सूर्यप्रकाश वितरण गर्न त्यस्तो परिवर्तन गरिएको बताएका थिए ।-एजेन्सी

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...