एनआरएनको महासचिबमा दिपक पुनको उमेरद्वारी घोषणा
एनआरएन कोरियाको पाचौं अधिबेसन यहि २०१५ सेप्तेम्बेर ६ तारिखका दिन हुन गइरहेको अबस्थामा एन आर एन कोरियाको चुनाबी माहोल तातेको छ| सदस्यता वितरण , नबिकरण,उमेद्वारी घोषणा र प्रचार प्रसार तिब्र रुपमा अगाडी बढिरहेको बेला बाग्लुंग जिल्ला घर भै ६ बर्ष अघि ईपीएसमार्फत कोरिया प्रवेश गरि हाल ब्यवसाय गरिरहेका जन अधिकार मंच कोरियाका पूर्व अध्यक्ष तथा बागलुङ सम्पर्क समिति कोरियाका सल्लाकार र नेपाल हाउस व्यवस्थापन समितिका पूर्व सचिबालय सदस्य समेत रहेका समाजसेबी दिपक पुनले महासचिब पदका लागि उमेद्वारी घोषणा गरेका छन् |उनैसंग पुन फोनिज कोरियाका यम श्रीस मगरले गरेको कुराकानीको सम्पादित अंश :-
एनआरएन कोरियाको महासचिब पदमा तपाइको उमेदबार किन ?
सागबारीमा ढाड कुप्रो परुन्जेल काम गरिरहेकी नेपाली चेलीहरुको भावनालाई समेट्न, समुन्द्रमा माछा मार्दै गरेका नेपाली दाजुभाइहरुको पीडालाई ओकल्न, कोरियामा मजदुरी गरि परिवार पाल्नको निम्ति संघर्स गर्दागर्दै जिबन गुमाउनेहरुको निम्ति र यहा काम गर्दा गर्दै आफ्नो शरिरको प्रिय अंगहरु गुमाउन बिबस भएका नेपालीहरुको माझमा एनआरएनलाई शितल छहारीको रुपमा उभ्याउनकै निम्ति मेरो उमेदवारी रहनेछ !
कस्ता योजनाहरु लिएर उमेरद्वारी घोषणा गर्नु भएको हो ?
प्रथम त यहाँ रहेका मजदुरहरु लगाएत सम्पूर्ण नेपालीहरुको समस्यालाई पहिचान गर्ने र समाधान गर्न ठोस आधारहरु तयार पार्ने, दोर्सो यहाँ रहेका सम्पूर्ण संगठनहरुलाई गोलबन्द गर्ने र शक्ति संचय गर्दै तमाम समस्याहरुलाई समाधान गर्ने र बिकृतिहरुलाई प्रहार गर्ने, तेर्सो नेपालमा लगानी भित्राउनको निम्ति नेपालको बस्तुगत अवस्थालाई ध्यान दिदै ठोस आधारहरु तयार पार्ने र सामुहिक लगानीको लागि सामुहिक अबधारणा बनाउने र लगानी भित्राउने ,चौथो एनआरएन कोरियालाई बैधानिक ढंगले दर्ता गर्दै सस्थालाई सस्थागत गर्ने लगाएत थुप्रै नया कामहरु गर्न सकिन्छ |
बिशेस गरि एनआरएन ब्यबसायीहरुको अर्थात धनिहरुको सस्था भनेर चिनिन्छ | तपाइँ भर्खर ईपीएसबाट ब्यबसाय भिसामा परिबर्तन हुनुभएको छ | तपाइले कसरि मजदुरहरुको समस्यालाई समाधान गर्न सक्नु हुन्छ?
बिशेषत एनआरएन एउटा अन्तराष्ट्रिय संजाल भएको सस्था हो| यसका गतिबिधि पनि यस्तै खालका हुने गर्छ | जस्तो एकदेखि अर्को देशमा हुने सम्मेलनहरुमा यहाका मजदुरहरुले सहभागी हुन समय, भिसा लगाएत समस्याहरुले उपस्थित हुन सक्द्दैनन त्येसैले बाहिरदेखि हेर्दा ब्यवसयीहरुको र धनिहरुको सस्था जस्तो देखिए पनि एनआरएन मजदुरहरुकै भरमा अडेको छ | त्यसैले यो मजदूर मैत्री हुन जरुरि छ |अर्को कुरा हिजो म आफै पनि मजदुरी गरि आएको र नेपालमा हुदा ईपिएस ब्यबस्थित गर्न र पारदर्शी गराउन ईपिएस आन्दोलनमा सहभागी भएर मजदुरहरुको आवाज उठाएको हु भोलिका दिनमा पनि कुनै कसर बाकि राख्ने छैन |
तपाइँ एक निडर कुशल र भिजन भएको व्यक्तिको रुपमा चिनिनुहुन्छ र नेपाल हाउस निर्माणको १० करोड वोन उठाउने अभियानमा सबै सस्था र व्यक्तिहरुलाई समेट्नुपर्छ भनेर मुख्य प्रस्ताब तपाइले लिनु भएको थियो ! नेपाल हाउस निर्माणको अवस्था अहिले कुन अवस्थामा पुगेको छ ?
१० करोड वन उठाउने अभियानमा हामि सबै सफल भयौ सबै संगठनहरुलाई गोलबन्द गर्ने र एउटा माहोल सिर्जना गर्ने आधारहरु पनि तयार भए सबै आम नेपालीहरुले सहयोग गरेर सफल पनि भयो | पछिल्लो समयमा म नेपाल हाउस ब्यबस्थापनको सचिबालयमा छैन |काम गर्ने क्रममा ढिला सुस्ती, कमिकमजोरी साथै कठीनाई पनि होलान यसलाई समिक्षा गरेर नया नेपाल हाउस निर्माणको निम्ति हामीले जति सक्छौ सहयोग गर्नु पर्छ |
एनआरएन कोरियाले नेपालको आर्थिक सामागिक बिकाशको लागि अर्थात लगानी भित्राउनको लागि कस्तो खालको पहल गर्न सक्ला?
नेपालमा सामुहिक लगानी भित्राउने सम्बधमा सोचे जस्तो सहज छैन | भावनामा डुबेर सामुहिक लगानी गर्छु भनेर मात्र हुदैन यसका ठोस आधारहरु तयार पार्नुपर्छ | कोरियामा पनि नेपालमा लगानी भित्राउनको निम्ति एउटा लगानी बोर्ड गठन गरौला , नेपाल हाउसमा सहयोग गर्दा जस्तै एउटा माहोल पनि तयार गरौला मुख्य कुरा आर्थिक संकलन गर्नुभन्दा पनि त्यो लगानीलाई सुरक्षित भरपर्दो र ग्यारेन्टी हुने आधारहरु तयार पार्नु आबश्यक छ | नेपाल सरकारसंग सहकार्य गरेर कोरियाको एनआरएनको मात्रै एउटा आधुनिक कृषि कार्यक्रम बनाउन सकिन्छ |सगरमाथाको बेस क्याम्प होस् या पहाडहरुको खोंचमा होस् केबुल कारहरुको अबधारणा लिनु सकिन्छ ,पहाडहरुमा गुड्ने सानो मनोरेलहरु लैजानु सकिन्छ ,यहाँको एनआरएनले मात्र हाईड्रो पावर संचालन गर्न सकिन्छ| दुई देशबिचमा व्यापार गर्न सकिने नयाँ योजनाहरु ल्याउन सकिन्छ |यस्तै थुप्रै स्वास्थ्य,शिक्षा संचार लगायतमा यहाँदेखि बाताबरण तयार भए लगानी भित्राउन सकिन्छ |
कोरियादेखि अबैधरुपमा भित्रने हुण्डी कारोबारलाई रोक्न र देशमा रेमिटेन्स भित्राउन एनआरएन कोरियाले कस्तो पहल गर्नुपर्छ ?
स्वाभाविकैरुपमा बैधानिक ढंगले देशमा रेमिट्यान्स भित्राउनको लागि एनआरएनमात्र नभई हामि सबैले सकारात्मक पहल गर्नेपर्छ | बिशेसत यो राज्यको पोलिसीमा पनि भरपर्छ, राज्यले एक प्रकारको पोलिसी लियो भने जस्तो कोरिया आएका ईपिएस मजदुरहरुलाई ४ वर्ष १० महिना कार्य अबधि सकेर नेपाल फर्केर पुन: सीबीटी दिएर कोरियामा फर्किदा अनिबार्यरुपले ४ वर्ष १० महिनाको बैधानिक ढंगले रकम पठाएको बैंक स्टेटमेन्ट सरकारलाइ बुझाउनु पर्ने प्राबधान राखेमा देशमा रेमिट्यान्स भित्रन्छ !
अन्तमा के भन्न चाहानु हुन्छ?
सर्बप्रथम त अहिले कोरियामा उही पुरानै तरिकाले संगठनको नेतृत्व गर्ने र उही पुरानै सोचले यहाका नया समस्याहरुलाई समाधान गर्ने तरिकालाई बदल्न जरुरि छ | नया समस्यालाई पुरानो सोच र तरिकाले समाधान गर्न सकिदैन नया शैली र बिधि चाहिन्छ | त्यसैले हामि सबै सङ्गठनहरु मिलेर एउटा विकल्प दिन जरुरि छ | हामि तमाम मजदुरहरु ब्यापारीहरु, बिद्यार्थीहरु महिलाहरु मिलेर यहाँको समस्याहरु समाधान गर्न हाते मालो गरौ | हामी बिचको सहकार्य र एकताले नया आउने युवा पुस्तालाइ नया खालको उस्साह र नया सस्कार सिकाउन सकियोस |