कोरियामा नेपाली खेलाडीहरु क्रिकेट लिग खेल्दै
सोल – पछिल्लो चरणमा नेपालमा क्रिकेट क्रेज बददै छ | यो क्रेजबाट विदेशमा रहने नेपालीहरु पनि अछुतो रहने कुरै भएन | ईपिएस प्रणालीवाट कोरिया आएका नेपालीहरु पनि यो बर्ष देखि कोरियन क्रिकेट लिग खेलिरहेको छन |
समुह ए मा योङ्ग स्टार , सुपर xi , वार्रिवर , एजकिक्स , नेपाल राहिनो , कोरिया टिम रहेका छन् भने ग्रुप बी मा एस एल लायन्स , आरिराङ्ग फ्लाईटर , एल एल के , पाकिस्तान डल्फिन , सोल येक्जिट्स , एस के के यु ड्रागन छन् |
नेपाली खेलाडीहरुले जर्सी लगायत अन्य खेल सामाग्री आफैले जोहो गरेको र कोरियामा नपाउने हुदा बाहिरवाट ल्याउदा अलि महँगो र गाह्रो परेको क्याप्टेन राज श्रेष्ठले बताउछन |
हप्ताको ६ दिन काम गरेर बिदाको दिन खेल्नु पर्दा केहि असहज हुने गरे पनि खेलमा क्रमिक सुधार आईरहेको फास्ट बलर शुसिल आचार्यले सुनाए | कोई खेल्न ईच्छुक हुनुहुन्छ भने ब्यबस्थापक हिक्मत पुलामीसंग सम्पर्क राख्न पनि भनिएको छ | प्रत्येक आईतबार आनसान र ईन्छनको क्रिकेट मैदानमा हुने खेल कोरियन क्रिकेट एसोसियसनले आयोजनागर्दै आईरहेको छ |
नेपाली खेलाडीहरुमा राज श्रेष्ठ (कप्तान) , शुसिल आचार्य , बिनी बलाल मगर , शिब श्रेष्ठ , गोबिन्द रावल (उप-कप्तान) , टेक्केन श्रेष्ठ , शुदर्सन पाण्डे , नबराज रेग्मी , बिकाश घिमिरे , सुजन गुरूङ् , कृष्ण मान राई , शुवास लामा , अजय प्रधान , कमल रेग्मी , राजन श्रेष्ठ , नरू श्रीष मगर रहेका छन् भने टिम ब्यबस्थापकमा हिक्मत पुलामी मगर रहेका छन् |