एनआरएनको कोषाध्यक्षमा नवराज बोहराको दाबी
सोल-एनआरएन कोरियाको आसन्न अधिबेशनको रौनक बढिरहेको बेला कोषाध्यक्ष पदमा नवराज बोहराले दाबी गरेका छन् | आफ्नो उम्मेदवारी घोषणा गर्दै बोहराले एनआरएन कोरियामा हालसम्म भएका आर्थिक बेथिती र अन्यौललाइ चिर्दै, पारदर्शी आर्थिक कोष निर्माणका लागि आफू दिलो ज्यान दिएर लाग्ने बताएका छन् |
बोहोराले एनआरएन भन्ने बित्तिकै बित्तीय कुरा अगाडी आउने र त्यो कोरियामा कहिले पनि पारदर्शी नभएको भन्ने जनगुनासोलाइ आफुले चिर्दै एक निष्ठावान र आकर्षक सस्थाको रुपमा अगाडि ल्याउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
७ बर्षअघि कोरिया प्रवेशगरेका बोहरा विभिन्न संघ संस्थामा रहेर काम गर्दै आएका छन् । उनि धादिङ समाजका अध्यक्ष पनि हुन् | उनले आफ्नो उम्मेद्वारी एनआरएन कोषको आर्थिक पारदर्शीता, आर्थिक कोष ब्यबस्थापन तथा विकास,व्यक्ती केन्द्रि नभई संस्थागत रूपमा सस्थालाइ अगाडि वढाई समय समयमा संस्थाको आयव्यय विवरण सार्वजनिक गर्नेकुरा बताएका छन् |