बालविवाह नगरिदिन बुबालाई चिठ्ठी
काठमाडौं-अभिभावकको दबाबमा सानो उमेरमै हुने विवाहविरुद्ध अभियान चलाइरहेका बारा लिपनीमालका किशोरीले बुबालाई चिठी लेखेर आफ्नो बालविवाह नगरिदिन आग्रह गरेका छन् ।
किशोर-किशोरी सशक्तीकरणका लागि दलित उत्थान केन्द्र बारारले सञ्चालन गरेको संवाद केन्द्रका किशोरीले आफू पढेर समाजमै उदाहरणीय बन्न चाहेको बताउँदै बुबालाई सम्बोधन गरेर चिठी लेखेका हुन् |
लिपनीमाल गाविसमा सञ्चालित, १० वटा संवाद केन्द्रमध्इे सिर्जना किशोरी संवाद केन्द्रका १३ देखि १९ वर्षका किशोरीले बालविवाहबाट निम्तिने शारीरिक र मानसिक समस्या उल्लेख गर्दै आफ्नो भविष्य यजाड नबनाउन अभिभावकलाई चिठीमार्फत आग्रह गरेका छन् ।
चिठीमा उनिहरुले आफू पढेर प्रहरी, नर्स, शिक्षिका र समाजसेवी बन्ने लक्ष्य रहेको पनि बताएका छन् ।-अन्नपूर्ण