फेन्थेक नेपालीहरुद्वारा सामुद्रिक पिकनिक [फोटो फिचर ]
फ्यन्थेक – फेन्तेक माइग्रेन्ट सेन्टर र फेन्तेक माइग्रेन्ट नेपाली समितीको सहकार्यमा बिगतका वर्ष हरूमा जस्तै यो वर्ष पनि गत आइतबार १ दिने आनम्यँदो छंफोदे आइलेंडमा सामुद्रिक पिकनिक भ्रमण कार्यक्रम निकै हर्षोल्लासका साथ सम्पन्न भएको छ l
कोरियाको फेन्थेक, फारान, छनान लगाएत अन्य टाढा टाढा क्षेत्र बाट पनि उल्लेख्य नेपालीहरुको सहभागिता रहेको सो भ्रमणमा झन्डै डेड सय नेपालीहरु र अन्य देशहरुमा म्यान्मार , फिलिपिन ,भियतनाम ,कम्बोडिया जापान, कोरिया ,चिन,श्रीलंका लगाएत गरी १०० को हाराहारीमा उपस्थिति रहेको थियो l
सो भ्रमण कार्यक्रममा नेपाली खानपिन सहित बिबिध मनोरन्जनात्मक क्रियाकलापहरु संचालन भएका थिए l बिभिन्न खेल अन्तर्गत फुटबल खेलमा २-१ ले म्यान्मारलाई हराउदै नेपाल बिजयी भएको थियो l त्यस्तै अर्को रोमान्चक खेल डोरी तान्नेमा पनि म्यान्मारलाई हराउदै नेपाल नै बिजयी भएको थियो l जहा नेपाली लोक पप , म्यान्मारी र कोरियन गीतहरुले गुन्जाउदै प्रबाशीहरु एकआपसमा आफ्नो कला सस्कृति साट्दै दुख सुख बिसाएका थिए l
कोरियाका सामाजिक अगुवा, बुद्दिजिबी लगाएत झन्डै १०/१२ जना महिलाहरुको पनि उत्साहजनक संग्लग्नता रहेको उक्त भ्रमण ज्यादै रोमान्चक भएको प्रतिक्रिया पाईएको थियो l नेपालीहरु बीच एकआपसमा मित्रता – सद्भावना र मनोरंजन कायम गर्ने उदेश्यले आयोजना गरिएको सो भ्रमण कार्यक्रममा सम्पूर्ण महानुभावहरुलाई सहभागी भएर सफल बनाइदिनुभएकोमा सो नेपाली समितिका अध्यक्ष बिजु बिक्रम थापाले हार्दिक आभार ब्यक्त गर्दै निरन्तर साथ् र सहयोगको अपेक्षा पनि गरेका थिए l
सामाजिक सहयोग क्षेत्रमा पनि सक्रिय रहेको सो नेपाली समिति २००५ मा स्थापना भई हालसम्म निरन्तर फेन्तेक वरपर रहेका नेपालीहरु माझ एकीकृत हुदै बिभिन्न क्रियाकलापहरुमा अगाडी बढिरहेको छ l