पर्साबाट विदेशिने महिलाको संख्या वृद्धि
पर्सा-रोजगारीका लागि पर्साबाट विदेसिने पुरुषको सङ्ख्यामा कमी आएको छ भने महिलाको सङ्ख्या वृद्धि भएको छ ।
पर्साबाट रोजगारीमा जाने पुरुषको सङ्ख्या अघिलो वर्षको तुलनामा सात प्रतिशतले कम भएको छ भने विदेसिने महिलाको सङ्ख्या १८ प्रतिशतले वृद्धि भएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साको राहदानी फाँटले उपलब्ध गराएको तथ्याङ्कअनुसार आव २०७०/७१ मा १२ हजार २३४ पुरुष र ८४२ महिलाले राहदानी प्राप्त गरेको तुलनामा आव २०७१/७२ मा ११ हजार ४७२ पुरुष र ९९६ महिलाले राहदानी प्राप्त गरेका जानकारी जिल्ला प्रशासन कार्यालयका सूचना अधिकृत अनुज भण्डारीले दिए ।
जिल्ला प्रशासन कार्यालयबाट राहदानी लिनेमध्ये ९५ प्रतिशत पुरुष महिला वैदेशिक रोजगारी जाने गरेको सूचना अधिकृत भण्डारीले बताए ।