मृतक चौधरीको लास नेपाल पठाउन सहयोगको अपिल
सोल – ईपिएस प्रणाली मार्फत कोरिया आएर चार वर्ष १० महिने कार्यवधि सकेर अबैधानिक रुपमा काम गरिरहेका नवलपरासी बडेरा घर भएका ४२ बर्षीय वीरेन्द्र प्रसाद चौधरीको गत हप्ता मृत्यु भएको थियो | उनि उईजङबो दोङदुछनमा स्थित सेरिम टेक्सटायल कम्पनीमा कार्यरत थिए |
तीन दिनसम्म काममा अनुपस्थित रहेपछि बुझ्न जाँदा उनको कोठा शवले दुर्गन्धित भएको र घरबेटीले प्रहरी बोलाएर कोठा खोल्दा मृत भेटिएका थिए | चौधरी परिवारले मृतकको अन्त्यस्ती नेपालमै गर्ने भनेकोले उनको पार्थिव शरीर नेपाल पठाउनु पर्ने हुदा उनि कार्यरत कम्पनी ४५ लाख वन सहयोग दिने बताएको ख्यङगी क्षेत्रका पुलिस तथा अध्यागमन बिभागमा भाषा अनुवादकका रुपमा कार्यरत मुक्त गुरुङले जानकारी दिए |
मृतकको शरीर कुहेको र लास प्याकिङ गर्दा अतिरिक्त पैसा लाग्ने हुदा रकम अपुग हुने भएको कोरियामा रहनु हुने नेपाली समुदायलाइ सहयोगको लागि अपिल गरिएको छ | एकजनाको शव नेपाल पठाउँदा करिब ५० लाख वन लाग्ने गरेको छ |
सहयोगको लागि –
उरी बैक
खाता नम्बर- १००२-७४८-४७५५७५
नाम Thapa Chammu Kumar
थप जानकारीको लागि –
मुक्त गुरुङ- ०१०६३६८२७२८