एनआरएन कोरियाको सचिबमा सगेन्द्र घले उठ्ने
सोल-आउदो सेप्टेम्बर १२ र १३ मा हुने एनआरएन कोरियाको अधिबेशनको रौनक बढिरहेको बेला सचिब पदको दाबी सगेन्द्र घलेले गरेका छन् |
बिगत सातबर्षदेखि कोरिया बस्दै आएका घले भोजपुर परिवारको सहयोगी हुन् | कोरियामा रहेका नेपालीहरुको दुखसुख र अप्ठ्याराहरुमा साथ दिंदै मैत्रीपूर्ण समाज निर्माण गर्न लागि आफुले सचिब पदमा उमेरद्वारी दिन लागेको बताएका छन् |
सचिब पदमा आफुलाई सहयोग गर्न कोरियामा रहेका ब्यापारी, बुद्दिजिबी, बिध्यार्थी, पत्रकार र सम्पूर्ण नेपाली जनसमुदायलाई घलेले आग्रह गरेका छन् |