एनआरएन कोरियाको उपाध्यक्षमा नवराज भिड्ने
सोल-एनआरएन कोरियाको पाचौं महाधिवेशनको लागि नवराज तामाङको उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । बिगत ३ बर्षदेखि यहाको सामाजिक काममा तल्लीन रहेको तामाङ एनआरएन कोरियाको चौथो महाधिवेशनबाट केन्द्रिय सदस्य भइ हालसम्म सक्रिय रूपमा लागि परिरहेको छन।
उनी नेपाल तामाङ संघ कोरियाको भुपु सहसचिब एवं मकवानपुर कोरिया मन्चको हालको उपाध्यक्ष समेत हुन । यो अवधीमा अनिश खालिङ राई बचाउ अभियान , सुनकोशी बाडिपिडितलाई आर्थिक सहयोग संकलन अभियान, बिनासकारी महाभुकम्प पिडितहरुलाई सहयोग संकलन अभियान जस्ता थुप्रै सफल अभियानहरुमा लागेका समाजसेवी हुन् |
इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्ट्स अफ नेपालमा सीए अद्ययन गर्दागर्दै आर्थिक सामाजिक रूपान्तरणको लागि कोरियाली भुमीमा पाईला टेकेका तामाङले कुनैपनि ब्यक्ति आर्थिक अभावको कारण आफुले चाहिएको विषय गर्नबाट बन्चित नहोस भन्नलाई आफ्नो आमाको नाममा ‘सुकुमायाँ फाउन्डेसन’ को दर्ता प्रक्रिया अन्तिम चरणमा पुर्याएका छन् |
गैर आवसिया नेपाली संघ धनिमनीको मात्रै संस्था होइन भन्ने कुरालाई चिर्न र मजदुर हकहितको लागी सरोकारवालाहरुसंग चलाई मजदुरहरुको समस्यलाई केन्द्रमा राखी काम गर्नु पर्दछ साथै सामुहिक लगानीको अवधारणा ल्याई देश बिकासको मेरुदण्डको रूपमा अबको एनआरएनहरुको महत्त्वपूर्ण भुमिका हुनुपर्छ भन्ने विचार लिएर एनआरएन कोरियाको उपाध्यक्षमा उमेरद्वारी दिन लागेको बताउन्छन् |