एनआरएन कोरियाको उपाध्यक्षमा बिपिन गुरुङको उमेदवारी
सोल – एनआरएन कोरियाको आउदो सेप्टेम्बर १२ र १३ मा हुन गईरहेको पाँचौ आसन्न अधिवेशनलाई लिएर चुनावी माहोल बढिरहेको बेला बिगत लामो समय देखि समाज सेवामा सक्रिय व्यवसायी बिपिन कुमार गुरुङले पनि उपाध्यक्ष पदमा उमेदवारी घोषणा गरेका छन् |
बाग्लुङ दुदिलाभाटीमा स्थाई घर भएका गुरुङ १५ बर्ष अघि व्यवसाय भिसामा कोरिया आएका हुन् | गुरुङकै सक्रियतामा बाग्लुङ सम्पर्क समिति स्थापना गरिएको थियो | स्थापनाकाल देखि नै बाग्लुङ सम्पर्क समितिको संरक्षक रहदै आएका गुरुङ एनसिसिको सल्लाकार समेत हुन् |
बिगत देखि नै बिभिन्न संघ संस्थामा आवद्ध भएर काम गर्दै आए पनि पदमा नै बसेर काम नगरेको बताए | कुनै पनि संस्थाको पदमा बसे पछि काम पनि गर्नु पर्ने अन्यथा पद ओगटेर बस्नुको कुनै तुक नहुने तर्क गर्दै गुरुङले कोरिया देखिएको विविध खाले गुट – उपगुटवाट माथि उठेर उमेदवारी दिएको बताए |
लामो समय देखि कोरियामा रहेका नेपाली मजदुरसंग नजिक रहेकाले पनि समग्र संस्था र नेपाली मजदुरको पक्षमा काम गर्नको निम्ति आफुले उमेदवारी घोषणा गरेको जनाउदै कोरिया रहनु हुने ब्यापारी , बिद्यार्थी , बुद्धिजीवी , पत्रकार लगायत सम्पूर्ण नेपाली समुदायलाई सहयोग निम्ति आग्रह गरेका छन् |