क्यान्सर पिडित बालकलाई कोरियावाट सहयोग
सोल – फोनिजकोरियामा क्यान्सर पिडित बालकलाई सहयोग गरिदिन अपिल भन्ने शिर्षक छापिए पछि बाग्लुङका जुजारु युवा जनक राज पन्तको सक्रियतामा संकलन गरिएको एक लाख २५ हजार रुपया ब्लड क्यान्सरवाट ग्रस्त बाग्लुङ बिनामारे—५ का छ बर्षीय बालक प्रविण शर्माका पिता लक्ष्मी प्रसाद शर्मालाई प्रदान गरिएको छ |
हाल बालकको काठमाण्डौ स्थित कान्ति बाल अस्पतालमा उपचार भईरहेको छ | थप उपचारको लागि भारत लानु पर्ने र सल्यक्रिया गर्न करिब २५ लाख रुपैयाँ लाग्ने चिकित्सकले बताएका छन् । बिरामी बालकलाई चाडै भारत लगिने उनका पिताले बताएका छन् |