एनआरएन कोरियाको उपाध्यक्ष अमृत राई पनि उठ्ने
सोल-सबैभन्दा धेरै दाबि गरिएको एनआरएन कोरियाको उपाध्यक्ष पदमा अमृत राई पनि उठ्ने भएका छन् | आउदो सेप्टेम्बर १२ /१३ मा हुन लागेको पाँचौं अधिबेशनमा उपाध्यक्ष पदमा उमेरद्वारी दिने राईले बताएका हुन् |
खोटाङ जन्मिएर सन् १९९१ देखि कोरिया बस्दै आएका राईसंग बिभिन्न संघसंस्थामा बसेर काम गरेको अनुभव छ | उनले कोरियाको संघ सस्थामा राजनीतिक दल र ब्यापारिक समुहको प्रभाव न्यून बनाउन आफुले एनआरएनको उपाध्यक्षमा उमेरद्वारी दिन लागेको बताएका छन् |
ती दल र ब्यापारीले पद लिन करोडौं वन खर्च गर्ने प्रथा बसलेकाले यस्तो बिकृति र विसंगति अन्त्य गर्दै बिसुद्ध समाज सेवा गर्न आफुले उमेरद्वारी दिन लागेको बताए |
२५ बर्षसम्म कोरियामा मजदूर भएरै बसेकाले आआफूले मजदूरको समस्याहरुलाई सम्बोधन गर्ने राईको प्रतिबद्धता रहेको छ |साथै नेपालको बिकासका लागि एनआरएन मार्फत सामुहिक लगानी भित्राउन आफुले जोड दिने उनले बताए |
राईले एनआरएन कोरियाको उपाध्यक्ष पदमा बसेर काम गर्ने अवसर प्रदान गर्न कोरियामा रहेका मजदूर ,ब्यबसायी, बिद्यार्थी , पत्रकार, बुद्धिजिबी सबैसंग अनुरोध गरेका छन् |