कोरिया दैनिकीमा हुण्डीले बिथोलेको सपना


 

ज्ञानु चौहान ‘ज्ञानीमान्छे’

 

 

बिहान ६:३० बजे उठेर फ्रेश हुनु, चिया नास्ता खाएर कम्पनी जानको लागी तयारी हुँदा ७:३० बजि सक्छ। कोठा देखि कम्पनी पुग्न कम्तिमा पनि ४५ मिनेट लाग्छ। काम ८:३० बाट सुरु भए पनि केही समय अघि नै गएर हाजिर गर्नु,हिजो छाडेका सामान मिलाउनु र कामको लागि तयारी हुनु यहाँको नियमनै हो। जसका लागि रेस्ट समय सहित ९ घण्टा मुखमा मला लगाए जसरी जोत्तिनु त छदै छ।

 

“ए छिटो छिटो काम सकेर आज ५ मिनेट छिट्टै निस्किहाल तलब हाल्देको छु बाहिर गएर एक छाक मीठो खाना खाउ अनि आफुलाई महिना भरिलाई खर्च राखेर बाकी रकम घर पठाउ। ” बूढो खुब फुर्ति साथ हामीलाई फुर्क्याउदै थियो के के न हामी काम नगरी पैसा हाल्दे जसरी । घडीले बेलुकाको ७:५० मा काटा हान्दै छ। छेवैमा सामान प्याक गर्दै गरेकी साथी रिसले चुर हुँदै ‘बल्ल महिना भरिमा आज हो अलिक लामो ओ.टि. गरेको आँखा पोलिसक्यो यो बुढाको भन्दै थिइ मैले हासेर उडाइ दिए। छेउमा हेरेको अझै आधा घण्टा लाग्ने काम छ।

 

हतार हतार सामान प्याक गरेर ८ बज्न २ मिनेट हुँदा फ्रेश भइयो र ८ बजेको हाजिर ठोकेर कोठा जाने बस कुरियो बस आउदा १५ मिनेट समय पल्टियो। बस खचाखच छ अगस्ट महिनाको गर्मी उस्तै।बल्ल कोठा अगाडी बस पुग्दा ८:५० त बजि सकेछ। यसो एटिएम छिरेर तलब चेक गर्दा त बिचरा १३ लाख ५ हजार मरेर पुगेछ। निस्केर हिसाब गर्दै घर पुग्नु अनि अर्को महिना पर्खिनु प्रदेशीको रुटिन नै हो। मन मनै गफ गर्दै छु लाग्छ काम पनि बिना पैसामा गर्दै छु कि के हो? तलब आउने भन्दा अगाडी नै हिसाब किताब चुक्ता भै सक्छ।

 

घरबाट आएको डिमाण्डको शिर पुच्छर पढेर सक्दा आधा घण्टा त लाग्ला नै।जस अनुसार हिजोको साझ अस्तिको महिना हालेको म्याङगो मनिको रकम सकिन्जेल फोनमा कुरा गरेको, आमाको फोनमा घण्टी हानेको बुबाको आवाज आयो । नानी काम सकिस,तलब कहिले थाप्ने हो ? यहाँ पारिघरे काइलाको छोराको बिहे रे मलाई डेढलाख रुपे सापटी एक महिना लाई मागेको छ लौ न भर अभर खाचो टार्दिन परो।आज ४ गते भयो ७ गतेलाइ चाहिएको भन्थ्यो कहिले पठाउछेस ?

 

 

यति बेर सम्म म नबोली सुने र भने ह्याssssss बुबा त्या आमालाइ फोन दिनु न भनेको, दाइ बोल्छ रे भनेर दाइको कुरा सुरु भयो ‘ के हो बिदेशां पुगे सित दाइलाइ सोध खोजै छैन त यसो अस्ति भाउजुलाई घुमाउन लग्दाको ऋण थियो हजार बिसेक यसो २/३ महिनाको लागि सहयोग गर्थिस कि,यतिबेला चै बिचैमा बोले ‘त्या आमालाइ दिनुस फोन पछि भरे कुरा गरौला सोचेर भनी नसक्दै भाउजू बोल्छे रे भनेर दियो भाउजु ‘नानी ह्या हाम्लाइ सन्चै छ अघि दाइले के भन्नू भो मनमा लिनु करे आफ्नो ख्याल राख्नु होला ह्या तिम्रा भाइ बोल्छन रे भनेर कान्छा भाइको सोर चर्कियो ‘ दिदी के हो, सबैले दिदी कोरिया गकि छ तेरो चाल के हो यो अलिक मुन्द्रा सुन्द्रा लाउनु, ग्रन्च पाइन्ट लाउनु गोजी अलिक दह्रो राखेर हिड्नु, मोबाईल पनि के हो यो भन्छ्न यो फोन पनि किनेको २ महिना भै सक्यो राम्रो देखिदैन चेन्ज गर्नु पर्ने भनेर हैरान छ यसो बिचार गर्थिस कि १२/१५ हजार !

 

यति भनी नसक्दै मेरो कन्पारो तातेर आयो कस्लाई के को धन्दा कस्लाइ के को धन्दा घर ज्वाइलाइ खानको धन्दा भने जस्तो आफू हिसाब गर्न नभ्याउने उनिहरुको माग आयो।बल्ल आमाको हातमा फोन पर्यो “नानी सन्चो बिसन्चो के छ, खाना चै ट्याममा खाऊ, आफ्नु ख्याल राख,पैसा धेरै अरुलाइ सापटी नदिनु ।ल ल फोनमा ब्यालेन्स धेरै नसक भन्दैमा फोन कट भएको थियो।
यो महिना घर खर्च र पारीघरे काइला काकालाइ सापटी सहित २लाख पठाउने निधो सहित साथीलाई १० लाख वन मागेकी छु,यता बैंकबाट पठाउ भने कहिले पुग्ने,पठाए बापत कति रकम लाग्ने को पिरलो अर्कातिर छदै छ। , त्यसैले “आ जे सुकै होस” को भरमा हुण्डी गर्ने निधो छ मनमा। हुण्डीमा पनि रकमको पुर्ण ग्यारेन्टी भने छैन। अस्तिको महिना मात्रै दोखुले काइलोले साथीभाइलाई मागेर रु: १५ लाख नेपाली पठाएको रे त्यो संगै दर्जनौ जनाको लगभग रु २ करोड जति भेला पारेर हुण्डी संचालक नै फरार भन्ने कुरा नसुनेको,नपढेको पनि होइन।
ठिकै छ २ लाख त घरमा जसरी पठाउनु छ भनेर अस्तिनैको हुण्डी साहुलाइ फोन गरे, दाइ नमस्ते के कसो छ दाइ, मेरो कुरो नसकिदै बोल्यो अह बहिनी आज ११लाख १० हजार पुग्यो ।मेरो सातो अर्कातिर उड्यो। साथीसंग मागेको सहित आफूसंग २३ लाख ५ हजार वन छ। हिसाब गर्दा २ २लाख २०हजार वन त हुण्डीवाला लाई बुझाउनु पर्ने भयो।(यो रकम नेपालीमा रुपान्तरण गर्दा लगभग २ लाख १७हजर रुपैयाँ हुन आउँछ।) बाकी महिना भरिको लागि आफ्नो खर्च ५० हजार वन स्वास्थ बिमाले कटाउछ। आफूसंग बाकी ३५ हजार वन हुने भयो ।

 

जस अन्तर्गत चामल यहि महिना किन्नु छ सब्जी त होला भनेको धन्न बिग्रेको फ्रीजमा आधा मुला र फ्रीजको चिसोले कुहाउन नसकेको दुई डाक्ला धनिया र ४ दाना अण्डा चै रहेछ। त्यस माथि फोनमा कार्ड हाल्ने, आफ्नो लागि चानचुन खर्चको त के कुरा भयो र? अघि मात्र साथी फुलमतिले ह्वासङबाट म्यासेज गर्या थि” ओइ हेर यो आइतबार चाहि सउल जान पर्छ है । यो मोबाईल किनेको एक महिना भयो राम्रा राम्रा फोटो खिचेर गोगुन बोटे नरेले देख्नी गरेर फेसबुकमा हाल्नु पर्छ ल।” भन्या छे अब त्यता घुम्न जाने खर्च त झन कुरै नगरौं।
कहिलेकाही लाग्छ कोरिया भन्नू मात्रको कोरिया हो । खाडीमा ३/४ महिनाको कमाई कोरियामा १ महिनामा कमाईन्छ तर हुण्डी बिप्रेशण दर घटबढिका कारण “हात्ती र हात्ती छाप चप्पल”जस्तै हुन आउँछ।खाडीमा राम्रो सीप भएको एक युवाले पठाउने तलब जति रकम कोरियाको तलब हुण्डी गर्ने रकम बिप्रेशण गर्न लाग्ने गरेको छ। यस बारेमा सरोकारवालाले यसो चासो देखाइदिए राष्ट्र लगायत कामदारलाई पनि घाटाको कुरा भने होइन। बिदेशीन उमेर पुगेको युवा देख्ने बित्तिकै यसलाई कसरी देशको काखबाट बिदेश हुत्याउने भनेर सरोकारवालालाई मन पोल्न थाल्छ तर त्यहाँ पुगेको कर्मठ युवाले आफ्नो पाखुरा र दिमाग के कसरी लगानी गरिरहेको छ ? अनि केही अप्ठ्यारोमा पो पर्यो कि भन्ने बारे ,देखे पनि कालो चस्मा लगाएको नक्कल गर्छ।
दोखुले काइला जस्ता सयौं युबा परदेशमा हुण्डी पीडित छ्न। यहि हर हिसाब र हुण्डीको डर , डर सम्झिदै राइस कुकर हेरे आफुलाइ पुग्ने खाना बिहानको रहेछ | एक माना पानीमा ३ टुक्रा मुला , एक चिम्टी नुन हालेर उमाले अनि एउटा अण्डा हालेर घोले अनि बेस्सरी उमालेर आधा खाए आधा बिग्रेको फ्रीजमा थन्क्याएर पल्टिए |

 

रातभरी निन्द्रा लागेन। हुण्डी वालालाई सम्झिरहे भाग्यो भने भन्ने लागिरह्यो।न त अनुहार देख्या छ, छ भन्नू उसको फोन नम्बर र बैंक खाता नम्बर मात्रै। अर्का तिर हुण्डीले सपना त बिगार्यो बिगार्यो निन्द्रा पनि हरण भयो। सरकारी नीति र रकम बिप्रेशणको भर नहुदा म जस्ता हजारौं को निन्द्रा खल्बलिएको होला।
ताप्लेजुङ,इलाम हाल,आनसान दक्षिण कोरिया

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गायिका जालुमाया गुरुङको साथमा तमू धीं कोरियाले “ल्होसार” मनाउने
  • महाभियोग लगाइएका दक्षिण कोरियाका निलम्बित राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी
  • सुदुर पश्चिम समाजको नयाँ समिति गठन अध्यक्षमा महेश भट्ट
  • नव नियुक्त राजदूत डा. तुम्बाहाङ्फे कोरिया अवतरण , भोली संयुक्त स्वागत तथा सम्मान कार्यक्रम
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...