कोरियाली प्रायद्धिपमा चुलिएको तनाब कम गर्न दूई कोरिया बीच उच्च स्तरिय बार्ता हुदै
सोल – कोरियाली प्रायद्धिपमा केही दिन देखि चुलिएको तनाब कम गर्न दक्षिण र उत्तर कोरियाली अधिकारीहरु उच्च स्तरिय बार्ता गर्न सहमत भएका छन् | बार्ता बेलुकी ६ बजे दुई कोरियाको सिमाना स्थित पान्मुनजोममा हुने बताईएको छ | यो बार्ताले चुलिएको तनाब मथ्थर हुने बिश्वास गरिएको छ |
बार्तामा दक्षिण कोरियाको तर्फवाट राष्ट्रिय सुरक्षा सल्लाकार किम क्वान जिन र एकीकरण मन्त्रि होङ योङ प्योले भाग लिने छन् भने उत्तर कोरियाको तर्फवाट उच्च अधिकारी किम याङ गोनले भाग लिने जनाईएको छ |
उत्तर कोरियाले सिमानामा राखिएको लाउड स्पिकर हटाउनको निम्ति शनिवार साझ ५ बजेसम्म दक्षिण कोरियालाई अल्टिमेटम दिएको थियो | उत्तरले दिएको अल्टिमेटमको समय केही घण्टा बाँकी रहदा दुई कोरिया बार्तामा बस्न तयार भएका हुन् |