कोरियामा ताप्लेजुङ आगलागी पिडितको लागि सहयोग संकलन हुने
फोनिज कोरिया संवाददाता
सोल-ताप्लेजुङ आगलागी पीडितका लागि कोरियामा सहयोग संकलन हुने भएको छ | गत चैत्र १० गते सदरमुकाम फुङलिङमा भिषण आगलागी भएको थियो | सो आगलागीबाट पिडित परिवारलाई राहत प्रदान गर्न किम्हे माइग्रेन्ट सेन्टरका अध्यक्ष यज्ञराज सुबेदीको अध्यक्षतामा यहाँ रहेका ताप्लेजुङबासीहरुले एक समिति गठन गरेर सहयोग संकलन शुरु गरेका हुन् |
सहयोग संकलन समितिमा सुरेश लिम्बु,वाङदि लामा , केपी सिटौला, देउकुमार समोहाङ रहेका छन् |आगलागी पिडितको सहयोगार्थ यसअघि नेपाली डटकम, फेन्थेक नेपाली समिति, भोजपुर परिवार,नेपाली सम्पर्क समिति ,एनआरएन जस्ता सस्थाहरुले सहयोग संकलन अभियान चलिरहेका छन् |
सहयोगका लागि :-
a/c no. 301-0148-4815-31
농협 은행 (nonghyup bank )
bank code :- 11
김해이주민의집