दुई कोरियाबीच तेस्रो दिन पनि बार्ता जारी
सोल – कोरियाली प्रायद्धिप चुलिएको तनाब गर्न दुई कोरिया बीच भईरहेको बार्ता आज तेस्रो दिन पनि जारी रहेको छ | हिजो बसेको १६ घण्टा लामो बैठकले खासै प्रगति गर्न नसके पछि आज पनि वार्तालाई निरन्तरता दिइएको द कोरिया टाईम्सले जनाएको छ |
बार्ता टोलीमा दक्षिण कोरियाको तर्फबाट राष्ट्रिय सुरक्षा सल्लाहकार किम क्वान जिन र एकिकरण मन्त्री होङ योङ प्यो सहभागी छन् भने उत्तरको तर्फबाट दक्षिण कोरिया मामला हेर्ने उत्तरका शिर्ष अधिकारी किम याङ गोन र सेनाको राजनैतिक विभागका प्रमूख ह्वाङ प्योङ सो सहभागी छन् |
अगस्त ४ मा दूइ कोरिया बिचको सिमानामा सुरुङ्ग बिस्फोट हुदा दुई कोरिया आर्मी घाईते भए पछि विवाद चुलिएको हो | बार्तामा लाउडस्पिकरवाट मच्चाई रहेको प्योङयाङ बिरोधि प्रपोगण्डा रोक्नु पर्ने माग उत्तर कोरियाको छ भने दक्षिण कोरियाले त्यसको लागि माफी माग्ने माग गरेको जनाईएको छ |
तनाब कम गर्न दुई कोरिया बीच बार्ता भईरहदा उता लगभग १० वटा उत्तर कोरियाली एअर क्राफ्टले प्योङयाङ आधार छोडेर नभल सैनिक अखडामा आएको छ | यो ठाउ सिमानावाट ६० किलोमिटर नजिक रहेको छ | उत्तर कोरिया अघोषित अर्ध युद्धको रुपमा आफनो आक्रमण सवारी र सैनिकका साथ् अघि बढिरहेको दक्षिण कोरियाली सेनाको सुत्रलाई उदृत गर्दै कोरियन समाचार एजेन्सी योन्हापले जनाएको छ |