लामो प्रयासपछि दुई कोरियाबिच सम्झौता
सोल – दक्षिण र उत्तर कोरिया बीच चुलिएको तनाव कम गर्न बसेको उच्च स्तरिय बार्ता टोलि लामो प्रयास पछि मंगलबार निष्कर्षमा पुग्न सफल भएको छ |
उत्तर कोरियाले गत हप्ता दुई दक्षिण कोरियाली सैनिक घाईते हुने गरि भएको बारुदी सुरुङ बिस्फोट घटना प्रति माफी मागे पछि बार्ता मिलेको थियो | आउदो दिनमा फेरी यस्ता घटना नदोर्याउने बाचा पनि उत्तर कोरियाले गरेको छ |
दक्षिण कोरियाले पनि सिमानामा राखेकोलाउडस्पिकर बन्द गर्ने र प्योङयाङ बिरोधि प्रपोगण्डा नमच्चाउने सहमति गरे पछि बार्ता निष्कर्षमा पुगेको हो | दुई कोरिया बीच १९५० – ५३ सम्म भएको युद्धमा बिछोडिएका परिवारलाई आउदो सेप्टेम्बर महिनामा पुर्नामिलन गराउने पनि सहमती भएको छ |
सिमावर्ती गाउँ पान्मुन्जोममा ४० घण्टा लामो भएको बार्तामा दक्षिण कोरियाको तर्फबाट राष्ट्रिय सुरक्षा सल्लाहकार किम क्वान जिन र एकिकरण मन्त्री होङ योङ प्यो सहभागी छन् भने उत्तरको तर्फबाट दक्षिण कोरिया मामला हेर्ने उत्तरका शिर्ष अधिकारी किम याङ गोन र सेनाको राजनैतिक विभागका प्रमूख ह्वाङ प्योङ सोको सहभागिता रहेको थियो |
अब केही हप्ता देखि दुई कोरिया बीच चुलिएको तनाव साम्य भएर जाने बताईएको छ |