एनआरएन कोरियाको अध्यक्षमा रबिन उठ्दै


सोल-एनआरएन कोरियाका आसन्न पाँचौ राष्ट्रिय अधिबेशनमा रबिन तामाङ अध्यक्ष पदमा उठने भएका छन् l उनि वर्तमान कार्य समितिका उपाध्यक्ष हुन् |

 

अध्यक्ष पदका दावेदार तामाङले केहि भावी योजनाहरु अघि सारेका छन् | कोरियामा बढ्दै गएको आत्महत्या र औधोगिक दुर्घटना, नेपालबाट बिबाह भिषामा कोरिया आएका नेपाली चेलीबेटीहरुको समस्याहरुलाई सम्बोधन गर्ने उनको योजना छ |

 

कोरियामा रहेका नेपालीहरुले आर्जन गरेको सीप, पुजी र क्षमतालाई नेपालको बिकाश निर्माणमा लगाउन सरकारसंग हातेमालो गर्ने उनको अर्को प्रमुख योजना हो l यसअघिका कार्य समितिहरुको काम कारबाहीलाई नजिकबाट मुल्यांकन गरेका तामाङले कोरियामा रहेका नेपाली समुदायको समस्याहरु नजिकैबाट पहिचान गरिसकेको बताएका छन् | त्यहि अनुभवका आधारमा काम गर्न र समस्याहरु समाधान गर्न सहज हुने उनको दावी छ |

 

बिगत २५ बर्ष देखी कोरियामा रहदै आएका उनि बिभिन्न सामाजिक संघ संस्थामा आबद्ध भएर सेवा गर्दै आएका छन् | हाल आधा दर्जन भन्दा बढी संघ संस्थाको सल्लाहकार रहेका तामाङसंग २००८ देखी २०१० सम्म केबिजमा काम गरेको अनुभव छ l

 

 

यो अवधिमा कोरियामा रहेका बिधार्थी, मजदुर र अन्य नेपालीहरुलाई समस्या पर्दा सहयोग गर्दै आएको बताउन्छन् l चौथो अधिबेशनबाट उपाध्यक्ष पदमा चुनिएका ३ जना मध्ये २ जना उपाध्यक्षले राजीनामा दिईसकेका छन् l

 

 

अध्यक्ष पदको लागि सहयोग गर्न तामाङले कोरियामा रहेका ब्यापारी, बुद्दीजीबी, पत्रकार, बिधार्थी र बिभिन्न पेशामा संलग्न नेपाली समुदायलाई हार्दिक अनुरोध गरेका छन् |

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • कोरियाको मोक्फोमा पहिलो पटक चासोक तङनाम मनाईदै
  • सलनाल डान्स पार्टीका लागि डिजे “अमु” कोरिया आउने
  • सलनालको दोश्रो दिन ओखलढुङ्गा नाइटमा गायिका आस्था राउतको प्रस्तुति हुने
  • खोटाङ हलेसी साङ्गीतिक सौगात–५ को लागि सबिन राईको ब्यान्ड कोरिया आउँदै
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...