क्यान्सरपिडित विपेन्द्रलाई सहयोगको अपिल
फोनिज कोरिया सम्वादाता
दक्षिण कोरिया, एसएलसीमा राम्रो अंक ल्याएर कम्प्युटर साइन्स पढने चाहनासँगै यसवर्षको एसएलसि दिने तयारीमा जुटिरहेका थिए १७ वर्षिय विपेन्द्र राई । सोलुखुम्बु जिल्ला छेसकाममा जन्मेका विपेन्द्र तीन वर्षकै उमेरमा बुबा बितेर टुहुरो बनेका थिए । उनको भाइसहित उनलाई आफ्नो एक्लो आमाले अनेकौं दुखकष्ठ खेपेर हुर्काइन् । तर कलिलो उमेरमै क्यान्सरले उनलाई गाँज्यौ । कम्प्युटर साइन्स पढेर आइटी सेक्टरमार्फत् राष्ट्रको सेवा गर्ने लक्ष्य लिएका विपेन्द्रको सपना छिनभरमै चकनाचुर भएको छ ।
Non Hodgkim Lympoma नामक क्यान्सरबाट पिडित बनेका उनी यतिखेर भक्तपुरको क्यान्सर अस्पतालमा जीवन र मृत्युसँंग संघर्ष गरिरहेका छन् । Non Hodgkim Lympoma क्यान्सर रोग तुरुन्तै Chemotherapy दिएको खण्डमा निको हुने रोग हो तर एकदमै महंगो पर्ने भएकोले विरामी विपेन्द्रसहित उनकी आमाले अस्पतालको शैयाबाट आफ्नो जीवन बचाइदिन सहयोगको लागि अपिल गरिरहेका छन् । उपचार गर्नको लागि पाँच लाख रुपैया खर्च लाग्ने र आर्थिक अवस्था कमजोर भएकोले तत्काल यत्रो ठुलो रकम जम्मा गर्न नसक्ने भएपछि विपेन्द्र राई बचाउ अभियान समितिको समेत गठन गरिएको छ ।
यहि अभियानलाई सफल पार्न तथा सेवा नै ठुलो धर्म हो भन्दै एउटा टुहुरो गरिब जेहेन्दार विद्यार्थीको उपचारको लागि सोलु सम्पर्क समिति दक्षिण कोरियाले कोरियामा रहेका विभिन्न संघसंस्था र विभिन्न पेशामा रहेका दाजुभाइ दिदीबहिनीहरुलाई आर्थिक सहयोग गरिदिनको लागि अनुरोध गरेको छ । सहयोगको लागि सोलु सम्पर्क समितिका राई केदार सिंहको NH बैंक खाता नम्बर ३५१००७४२४३४८३ मा रकम जम्मा गर्न सकिने छ ।