एनआरएन कोरियाको महासचिबमा लक्ष्मण दाहालको उमेदवारी
आदरणीय कोरीयाबासी नेपाली दाजुभाइ तथा दिदीवहीनीहरु, अग्रजहरु, विभिन्न संघसस्थाका प्रतिनीधीहरु,पत्रकार मित्रहरु वुद्धीजीविवर्गहरुमा नमस्कार तथा हार्दीक अभिवादन गर्दछु। यही सेप्टेम्बर १२-१३ मा सम्पन्न हुन गैरहेको एनआरएन कोरियाको पांचौ राष्ट्रिय महाधिवेशनमा मैले महासचिब पदमा आफ्नो उम्मेदवारी घोषणा गरेको यहांहरु सबैमा अवगत गराउन चाहन्छु।
मैले यस अघि कोरियाको सबैभन्दा पुरानो संस्था नेपाली सम्पर्क समिति- बुसान शाखाको सचीव, एनआरएन कोरिया क्षेत्रीय शाखा बुल्ख्याङ (बुसान+उल्सान+खिम्हे) क्षेत्रिय सदस्य तथा बुसान क्षेत्रीय संयोजक हुदै एनआरएन कोरियाको (२०१३-१५)केन्द्रीय सचीव पदमा निर्वाचित भई वर्तमान कार्यसमितीमा रहेर कार्यसम्पादन गर्दै आएको छु।
एनआरएन कोरियाको वर्तमान कार्यसमितिमा रहेर मैले नेपाल हाउस निर्माणार्थ आयोजित महामेला सफल पार्न बुसानक्षेत्र कार्यालय सचीवको जीम्मेवारी वहन गरिसकेको दृष्टान्त पनि यहांहरुमा छदैछ। यसरी हालसम्म विभिन्न सामाजिक संघ संस्थामा रहेर काम गरेको मेरो अनुभवलाई एनआरएन कोरियाको हितमा सहि तरिकाले उपयोग गरौं भन्ने ईच्छाशक्तिले नै मलाई आसन्न महाधिवेशनमा एनआरएनए कोरियाको महासचिवको उम्मेदवार बनाएको हो।
संस्था सांगठनिक सुध्रिढीकरणमा महासचीवको भूमिका र जिम्मेवारी अतिनै महत्वपूर्ण हुने भएकोले वर्तमान कार्यसमितिको सचीव पदमा रही काम गरीरहेको अनुभवले मलाई महासचीव पदमा रहि काम गर्ने अवसर मिलेमा पदको न्याय गर्न सक्ने विश्वास दिलाउदै आफ्नो उमेद्वारी घोषणा गरेको यहांहरु सबैमा निवेदन गर्न चाहान्छु। आफ्नो उम्मेदवारी घोषणा गर्दै गर्दा मेरा आफ्ना प्रतिबद्धताहरु बुंदागत रुपमा निम्न अनुसार रहेको जानकारी गराउन चाहन्छु।
१) एनआरएनए २०१३ मा नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा दर्ता भएको एक अन्तरराष्ट्रीय वैधानिक संस्था भएकाले यसलाई कोरीयामा पनि दर्ता गरी वैधानिक तवरले संचालन गर्न मेरो भूमिका मह्त्वपूर्ण रहनेछ।
२) एनआरएनए एक विशुद्ध ग़ैर-राजनीतिक, प्रवासी नेपालीहरुको साझा संस्था भएकाले यसले गैरआवसीय नेपाली मजदुरलाई हेर्ने दृष्टिकोणमा आमुल परिवर्तन गर्न जरुरी छ। विश्वभरिका गैरआवसीय नेपालीलाई एकजुट गरेर संस्थागत रुपमा राम्रो छवी बनाएको एनआरएनएमा अधिकांश सदस्यहरु मजदुरी पेशामा कार्यरत व्यक्तिहरु छन्। कोरियाको हकमा पनि मजदुरीमा निर्भर भई सिमीत समयावधि(४-५ वर्षको भिसा)सम्म मजदुरी गर्न यहां आएका मजदुरुलाई भोट बैंकको रुपमा मात्र प्रयोग गर्ने परम्पराको अन्त्य गरी एनआरएन कोरियाले यहांका मजदुरहरुको प्रत्यक्ष सरोकारका विषयहरुमा ध्यान दिनु आवश्यक ठानेको छु।
म आफै पनि मजदुर पृष्ठभूमिबाट कोरिया प्रवेश गरेको व्यक्ति भएकोले बैदेशिक रोजगार अन्तरगत कोरियामा रहेका सम्पूर्ण नेपालीहरुको प्रत्यक्ष सरोकारका विषयहरुलाई सम्बोधन गर्न एनआरएन कोरियालाई संस्थागत रुप दिदै मजदुर मैत्री एनआरएन कोरिया निर्माणमा मेरो विशेष भूमिका रहने प्रतिबद्दता जाहेर गर्दछु।
३) कोरियामा बैदेशिक रोजगार, वैवाहिक भिसा, अध्ययन भिसा एवं व्यापारी भिसामा प्रवेश गर्ने नेपालीहरुको संख्या बढ्दै गरेको सन्दर्भमा उनीहरुको समस्या पनि दिनानुदिन बढ्दो छ। सवै बर्ग र क्षेत्रलाई समेट्न सक्ने एनआरएन कोरिया निर्माणमा संस्थागत पहर गर्दै सबै क्षेत्र र बर्गका नेपालीहरुको समस्या निवारणको लागि विशेष पहलको गर्नेछु। यस्ता समस्या निवारणको लागि एक कल्याणकारी कोषको निर्माण गर्न पहल गर्नेछु।
४) एनआरएनए भन्ने बित्तिकै पैसा (अर्थ)संग जोडीएको संगठनको रुपमा चिनिन्छ। हामी प्रवासमा कुनै न कुनै पेशामा आबद्द भएका व्यक्तिहरुमा कमसेकम अर्थको खाचो हुदैन। अधिकांश प्रवासीहरु देश निर्माण तथा लगानिको लागि उचित माध्यमको खोजीमा छन्। एनआरएन कोरिया मार्फत अहीलेको अवस्थामा माहाभुकम्पवाट ढलेका आनि बिग्रीएका संरचनाहरु निर्माण-पुनर्निर्माण गर्दै सर्वाङगीण राष्ट्रनिर्माणमा लगानि भित्राउने विश्वासिलो माध्यम यथाशिघ्र खडा गर्न सम्बन्धित निकायमा आवश्यक पहल गर्नेछु।
अन्त्यमा, एनआरएन कोरियाको आसन्न पांचौ महाधिवेशनमा मलाई महासचिब पदमा विजयी गराइ एनआरएन कोरिया मार्फत मेरा आफ्ना प्रतिबद्दताहरु कार्यन्यन गरी सम्पूर्ण कोरियावासी नेपालीहरुको सेवा गर्ने अवसर प्रदान गरिदिनुहुनेछ भन्ने पूर्ण विश्वास लिएको छु। धन्यवाद्।
लक्षमण दाहाल
महासचिबको उम्मेदवार