अश्लिल भिडियोले दिमागको आकार घटाउँछ
काठमाडौं-आजभोलि १३ वर्षदेखि नै किशोर किशोरीले नियमित रुपमा अश्लिल भिडियो र तस्बिर हेर्ने कुलतमा फसेको पाइन्छ । तर, नियमित यस्ता भिडियो हेर्नेको दिमागलाई भिडियोले दिमागमा असर गर्ने गरेको एक नयाँ अध्ययनले खुलासा गरेको हो ।
अश्लिल भिडियो हेर्नेको दिमागको आकार घट्ने अनुसन्धानकर्ताहरुले बताएका हुन् । अश्लिल भिडियो हेर्दै यौन क्रियाकलाप गर्नेको डोपामिन (स्नायु प्रणालीको गतिबिधि सञ्चालन गर्न महत्वपूर्ण मानिने तथा मानिसको दिमागमा आनन्द दिने एक प्रकारको रसायन) दिमागबाट निस्कासन हुने र दिमाग असाध्यै असंवेदनशिल हुने पनि अध्ययनले जनाएको छ ।
उच्च यौन अनुभूति गर्न दिमागलाई अझै बढी डोपामाइन आवश्यकता हुने र यसले मानिसलाई अझै बढी अश्लिल हेर्न उत्प्रेरित गर्न जर्मन अनुसन्धानकर्ताहरुले बताएका छन् । सन् २०१४ मा जेएएमए साइक्याट्रियामा प्रकाशित एउटा अध्ययनमा नियमित रुपमा अश्लिल भिडियो हेर्नेमा यौन उत्तेजना निस्कृयता आएको देखाइएको थियो ।
दिमाग फिल्मका संवेदनशिल तस्बिहरुमा एक्सपोज भएपछि मानिसहरु कम संवेदनशील हुने गरेका र सामान्य यौन क्रियाकलापबाट उत्तेजित हुन कठिनाइ भएको बताइन्छ ।
‘पोर्नोग्राफीले बेडरुममा हरेश खाने युवाको एउटा पुस्ता नै सिर्जना गरेको छ ’ अध्ययनमा भनिएको छ । । दिमागको एउटा भाग (खैरो र सेतो) अभिप्रेरणा पक्रियामा सम्बन्धित हुन्छ । जति मानिसले पोर्न हेर्छ त्यति यो भागको आकार घट्ने अध्ययनमा उल्लेख छ ।
नियमित अश्लि भिडियो हेर्ने र त्यसबाट हुने सम्भावित हानीको सम्बन्धबारे सम्भवत वैज्ञानिकहरुले पहिलोपटक अध्ययन गरेका हुन् । उनीहरुका अनुसार अश्लिल भिडियो हेरेर अधिकांश समय विताउने मानिसहरु निश्चित प्रकारको दिमाग लिएर जन्मिने गरेका छन् ।-एजेन्सी