छैटौ ईपिएस परीक्षाको केन्द्र तोकियो
काठमाडौं-ईपिएस कोरिया शाखाले आउँदो असोज २ र ३ गते हुने छैटौं कोरियन भाषा परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको छ । काठमाडौंमा १५ र पोखरामा तीन गरी १८ वटा केन्द्रमा परीक्षा सञ्चालन गरिने शाखाले जनाएको छ ।
काठमाडौंमा लिटिल एन्जेल्स स्कुल हात्तिवन, लिटिल एन्जेल्स कलेज हात्तिवन, हिमालयन ह्वाइट हाउस कलेज तीनकुने, एनके सिंह मेमोरियल इपिएस स्कूल नयाँ वानेश्वर, भिएस निकेतन कलेज तिनकुने, भिएस निकेतन स्कुल मिनभवन, युनिभर्सल कलेज मैतिदेवी, रेडन कलेज सामाखुशी, रेडियन्ट रिडर्स एकेडेमी सानेपा, आइडिएल मोडल स्कूल धोविघाटमा केन्द्र तोकिएको छ ।
यस्तै एलआरआई स्कुल कलंकी, ल्याब्रोटरी स्कुल कीर्तिपुर, जेभियर इन्टरनेशनल कलेज कालोपुल, ह्वाइट हाउस इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी खुमलटार र गोल्डनगेट ईन्टरनेसनल कलेज बत्तिसपुतलीमा परीक्षा सञ्चालन गरिने शाखाले जनाएको छ ।
पोखरामा लिटिल स्टेप हाइयर सेकेण्डरी स्कुल सिमलचौर, स्टेप बाई स्टेप हाइयर सेकेण्डरी स्कुल मासबार र ग्लोबल कलिजियट हाइयर सेकेण्डरी स्कुल रानीपौवालाई परीक्षा केन्द्र तोकिएको छ । परीक्षा बिहान १० बजे र दिउँसो साढे दुई बजे गरी दुई सिफ्टमा हुनेछ ।