एनआरएन कोरियाको सचिब पदमा ईश्वर देवकोटाको उमेदवारी घोषणा
सोल – यही सेप्टेम्बर १२-१३ मा सम्पन्न हुन गईरहेको गैर आबसिय नेपाली संघ एनआरएन कोरियाको पांचौ अधिवेशनको लागि गोरखा परिवार दक्षिण कोरियाको सल्लाहकार ईश्वर देवकोटाले सचिब पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् |
एन आर एन कोरियाको आसन्न अधिबेसन नजिकिदै गर्दा कोरियामा रहेका नेपालीहरुले एउटा सबल एन आर एन खोजिरहेको अबस्थामा बिगत आठ बष देखि कोरियामा बिभिन्न सामाजिक कार्यहरुमा सक्रिय रही गोरखा परिवार दक्षिण कोरियाको सचिब पदमा आफ्नो कार्यकाल सफलता पुर्बक सम्पन्न गर्दै देवकोटा हाल संस्थाको सल्लाहकार रहेका छन् |
सचिब पदमा आफुलाई सहयोग गर्न कोरियामा रहेका ब्यापारी, बुद्धिजीवी , बिद्यार्थी, पत्रकार र सम्पूर्ण नेपाली समुदायलाई देवकोटाले आग्रह गरेका छन् |