कोरियामा कार्यरत पश्चिमाञ्चलका संस्थाहरुले भलिबल प्रतियोगिता गर्ने
सोल-काेरियामा कार्यरत पश्चिमाञ्चलका १६ जिल्लाका संघ-संस्थाहरुकाे प्रायाेजनमा पाेखरामा खुल्ला पश्चिमाञ्चल स्तरीय पुरुष भलिबल प्रतियाेगिता हुने भएकाे छ । पश्चिमाञ्चल भलिबल संघकाे अायाेजनामा पश्चिमाञ्चलका १६ जिल्लाका भलिबल टिमहरुबीच असाेज महिनाकाे अन्तिम साता प्रतियाेगिता सञ्चलन हुने भएकाे हाे ।
कुनामा रहेका प्रतिभशाली भलिबल खेलाडीहरुलाई मैदानमा ल्याउने उद्देश्यका साथ प्रतियाेगिताकाे अायाेजना गर्न लागेकाे काेरिया स्थित प्रतियाेगिता संयाेजक अमित रानाले बताए । प्रतियाेगिता नेपालमा अायाेजना हुने भए पनि प्रायाेजन काेरियामा रहेका पश्चिमाञ्चलबासीले गर्ने भएकाेले गएकाे अाईतबार एक छलफल कार्यक्रम समेत अायाेजना गरिएकाे थियाे ।
कार्यक्रमले अमित रानाकाे संयाेजन हुनेगरी १६ जिल्लाबाट १/१ प्रतिनीधि हुने गरी प्रायाेजक समिति समेत बनाएकाे छ । समितिकाे सदस्यहरुमा स्याङ्जा धर्म गुरुङ्, कास्की ललित गुरुङ्, गुल्मी प्रेम ज्ञवाली, पर्वत तुल पुन, लम्जुङ् जेवी गुरुङ्, तनहुँ जगत थापा मगर, गाेर्खा राजेन्द्र श्रेष्ठ, मुस्ताङ् कृण्ण गुरुङ्, पाल्पा शुसिल गहा मगर, रुपन्देही प्रितम गुरुङ्, अर्घखाँची युवराज पाण्डे, मनाङ् प्रकाश गुरुङ् लगायतलाई चयन गरिएकाे छ ।
त्यस्तै नवलपरासी र कपिलबस्तु सम्पर्क र प्रतिनीधि अगामी अाईतबारकाे बैठकमा टुंगाे लगाउने निर्णय भएकाे छ । प्रतियाेगिताकाे लागि अायाेजक पश्चिमाञ्चल भलिबल संघले पुरस्कारकाे राशि समेत निश्चत गरिसकेकाे बताईएकाे छ । उसले अनुसार प्रथम, दितीय, तृतीय र सान्त्वना पुरस्कार क्रमश: ७५ हजार, ५० हजार, ३० हजार र १० राखिएकाे छ । त्यस्तै उत्कृषट खेलाडीलाई १० हजार तथा बेष्ट अाेपन, क्विक, अलराउण्डर स्पाईकर र बेष्ट लिफ्टर, बेष्ट लिब्राेलाई ५/५ हजार प्रदान गरिने भएकाे छ ।
उल्लेखित व्यक्तिगत पुरस्कारहरु क्रमश: अर्जुन थापा, अनिल धमाल, अमित राना, शंकर गुरुङ् र गाेपाल पुनले स्पाेन्सर गर्ने भएकाे छ । अगामी अाईतबार सम्बन्धित सबै ब्यक्ति तथा संघ संसथाहरुसँग दाेस्राे चरणकाे छलफल नेपाल हाउसकाे नयाँ भवन उद्घाटन कार्यक्रमसँगै हुने भएकाले सबैलाई उपस्थितीकाे लागि समेत अनुराेध गरिएकाे छ ।