आङकाजीलाई तुरुन्त रिहा गर
सोल-जनजाती अभियन्ता तथा आदिवसी जनजाती महासघका पूर्व महासचिब आङकाजी शेर्पालाई तुरुन्त रिहा गर्न नेपाल आदिवाशी जनजाती महासंघ दक्षिण कोरियाले सरकारसंग माग गरेको छ |
महसंघद्वारा जारि बिज्ञप्तिमा शेर्पालाई पक्राउ गरेर गैर जिम्मेवारीपूर्ण काम गरेको भन्दै तुरुन्त रिहा गर्न माग गरेको हो | शेर्पालाई बुधबार २:३० बजेतिर बौद्धको शेर्पा गुम्बामा शेर्पा स्वायत्त प्रदेश बन्द सफल पार्ने बारेको बैठक सकेर निस्कँदै गर्दा सादा पोशाकमा आएका प्रहरीले पक्राउ गरेको थियो |
‘सरकारको यस्तो गैर जिम्मेवारीपूर्ण कार्यको घोर बिरोध गर्दै नेपाल आदिवाशी जनजाती महासंघ दक्षिण कोरिया बिनाशर्त उहाको सकुशल रिहाईको जोडदार माग गर्दछ |’ महसंघद्वारा बिहिबार जारी गरिएको बिज्ञप्तिमा उल्लेख छ |