लम्जुङ परिवार कोरियाको साधारणसभा हुने
सोल- लम्जुङ परिवार दक्षिण कोरियाले ११ औं साधारणसभा तथा भेटघाट कार्यक्रम कोरियन महान चाड छुसकको तेस्रो दिन सेप्टेम्बर २८ तारीख बेलुका सोमबारका दिन गर्ने भएको छ।
सो दिन साधारण सभाका साथै लमजुङबाट कोरियामा रोजगारीको लागि आएका नवआगन्तुकहरुलाई स्वागत एवं भेटघाट र परिचयात्मक कार्यक्रम समेत रहेको छ ।
परिवारको भवन याङ्जु सेम्नेमा हुने कार्यक्रममा रात्री भोज पनि राखिएकोले लम्जुङवासी एवं लम्जुङ परिवारमा आबद्ध सबैलाई उक्त दिन उपस्थित भएर कार्यक्रमलाई भव्यताकासाथ सफल गराउन परिवारका अध्यक्ष रुपप्रासद गुरुङले अनुरोध गरेका छन ।
बिस्तृत जानकारीको लागि
अध्यक्ष :रुपप्रसाद गुरुङ (010-28916639)
उपाध्यक्ष : छिरिङ शेर्पा (010-30611984)
सचीव : मेघप्रसाद वाईवा (010-59549704)
सह-कोषाध्यक्ष: कमला गुरुङ (010-42411255
वरिष्ठ सल्लाहकार : भिम गुरुङ (010-28970276)