एनआरएन कोरियाको अधिवेशनमा ईश्वर देवकोटालाई जिताई दिन हुन गोर्खा परिवारको अपिल
सोल – यही सेप्टेम्बर १२-१३ मा सम्पन्न हुन गईरहेको गैर आबसिय नेपाली संघ एनआरएन कोरियाको पांचौ महाधिवेशनमा गोरखा परिवार दक्षिण कोरियाको सल्लाहकार ईष्वर देवकोटाले सचिब पदमा आफ्नो उम्मेदवारी घोषणा गरेको यहांहरु सबैमा अवगत गराउन चाहन्छौ |
एन आर एन कोरियाको आसन्न आधिबेसन नजिकिदै गर्दा कोरियामा रहेका नेपालीहरुले एउटा सबल एन आर एन खोजिरहेको अबस्थामा बिगत आठ बष देखि कोरियामा बिभिन्न सामाजिक कार्यहरुमा सक्रिय रही गोर्खा परिवार दक्षिण कोरियाको सचिब पदमा आफ्नो कार्यकाल सफलता पुर्बक सम्पन्न गर्दै हाल संस्थाको सल्लाहकार रहनु भएका ईष्वर देवकोटालाई सचिब पदमा बिजय गराउनको निम्ति सहयोग गरिदिनु हुन् कोरियामा रहेका सम्पुर्ण नेपाली समुदायलाई गोर्खा परिवारले हार्दिक अपिल गरेको छ |