राती हिड्नेलाई साथ दिने पनि एप (भिडियो सहित)


काठमाडौं-राती बाहिर हिँड्ने बाध्यता भएकाहरुका लागि एउटा उपयोगी एप निर्माण भएको छ । अमेरिकाको युनिभर्सिटी अफ मिचिगनका पाँच विद्यार्थीहरुले बनाएको ‘कम्पानियन्’ एपले छोटो समयमा लोकप्रियता कमाइसकेको छ । यो प्रयोगकर्तालाई राति बाहिर हिँड्दा कुनै साथी वा परिवारको सदस्यले ‘भर्चुअल रुपमा’ साथ दिन र जिपिएस मार्फत उनीहरुलाई पछ्याउन सक्छन् ।

 

 

एन्ड्रोइड र आइओएस दुवैमा यसले काम गर्छ । साथी वा परिवारको सदस्यले कम्पानियन एप इन्सटल गरेको हुनु पर्दैन । आफूलाई साथ दिनका लागि प्रयोगकर्ताले थुप्रै फोन कन्ट्याक्टहरुमा धेरै रिक्वेस्ट पठाउन सक्छ ।

 

 

उनीहरु सबैले एसएमएस म्यासेज प्राप्त गर्छन् जसमा राखिएको लिंकमा थिच्दा एउटा वेव पेज खुल्छ । सो पेजमा अन्तरक्रियात्मक नक्सा हुन्छ, जसले प्रयोगकर्तालाई गन्तव्यतर्फ हिँडिरहेको देखाउँछ । प्रयोगकर्ताले यदि बाटो भुल्यो, लड्यो, धकेलियो, दौडिन थाल्यो वा फोनबाट हेडफोन खुस्कियो भने एपले थाहा पाउँछ र प्रयोगकर्तालाई आर यू ओके भनेर सोध्छ ।

 

 

यदि प्रयोगकर्तालाई केहि भएको छैन भने उसले १५ सेकेन्डभित्रमा एपमा रहेको एउटा बटम दवाउनुपर्छ । यदि दवाएन भने वा उ कुनै संकटमा परेको छ भने कम्पानियन एपले प्रयोगकर्ताको फोनलाई पर्सनल अलार्म सिस्टममा परिवर्तन गरिदिन्छ ।

 

 

 

 

 

यसबाट उत्पन्न हुने चर्को ध्वनीे संभावित अपराधिहरु अत्तालिन्छन् र त्यति नै बेला तपाईंले प्रहरीलाई बोलाउन भ्याउनुहुन्छ । यो एप रातको समयमा युनिभर्सिटीबाट घर फर्किने विद्यार्थीहरुलाई सघाउने उद्देश्यले बनाइएको थियो । यदी प्रयोगकर्ताले ९११ मा फोन गर्‍यो भने एपले व्यक्तिको सम्वन्धित युनिभर्सिटीमासमेत सन्देश पुर्‍याउँछ । तर, अमेरिकाका ती युनिभर्सिटीका लागि मात्रै यो लागू हुन्छ जसले कम्पानियनसित सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् ।

 

 

साथसाथै एपले त्यो कन्ट्याक्टमा पनि सूचना पठाउँछ जसले तपाईंलाई साथ दिइरहेको छ । उक्त व्यक्तिले प्रहरीलाई खबर गरेर तपाईंको लोकेसन दिने वा तपाईंलाई आफैं फोन गर्ने विकल्प रोज्न सक्छ । अन्य देशका नागरिकहरुले पनि यो एप प्रयोग गर्न सक्छन् । उनीहरुले आफ्नो फोन नम्बर र कन्ट्रीकोड इन्ट्री गर्नुपर्छ । आपत्कालिन अवस्थामा एपले प्रहरीलाई कल गर्छ र छानिएका साथीहरुलाई एसएमएस पठाउँछ ।‘अमेरिकाबाहिर पनि धेरै मानिसहरुले यो एप डाउनलोड गरिरहेका छन् । -अनलाइन खबर

 

 

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...